fbpx

भुपू शैनिक सहकारीको अध्यक्षमा ध्रुव शाह पुन सर्वसम्मत

भुपू शैनिक सहकारीको अध्यक्षमा ध्रुव शाह पुन सर्वसम्मत


विन्दु चौधरी, बाँसगढी । बर्दियाको बाँसगढीमा रहेको भुपु सैनिक कृषि सहकारी संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुन ध्रुव शाहको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डमर बहादुर वली, कोषाध्यक्षमा टिकादेवि बुढाथोकी, सचिवमा मिन बहादुर बोहरा, सहसचिवमा याम कुमारी ढकाल सर्वसम्मत निर्वाचित हुनु भएको छ । सदस्यहरुमा विष्णु सापकोटा, राम बहादुर थारु, जगत बहादुर शाही, दत्त बहादुर खत्री, ओम प्रकाश बुढाथोकी र हरिलाल चौधरी चयन हुनु भएको छ । साधारण सभाबाट लेखा समितिको संयोजकमा झरन मल्ल, सदस्यहरुमा इन्द्रजित बुढाक्षेत्री र शेर बहादुर वली चनय भएका छन् । ऋण उपसमितीको संयोजकमा ओम प्रकाश बुढाथोकी, सदस्यहरुमा टिकाराम देवकोटा र हिरादेवि खत्री चयन हुनु भएको हो ।

सल्लाहकार समितीको संयोजकमा कासिराम कुंवर सदस्यमा उमाकान्त ढकाल र कृष्ण ढकाल तथा अनुगमन समितीको संयोजकमा प्रेम बहादुर सापकोटा, सदस्यामा कृष्ण परियार र शालिकराम थारु चयन भएको सस्थाका ब्यवस्थापक रेखा शाहीले जानकारी दिनु भएको छ । सहकारी सस्थाका अध्यक्ष ध्रुब शाहले सहकारीले भुतपुर्व सैनिक मात्र नभएर उनीहरुको परिवारका सदस्यहरुको आर्थिक कार्य गरेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा कृृषि सहकारी सस्थामार्फत करिव १५ कठ्ठामा बेसार खेती, ५ कठ्ठामा लशुन खेती गरेको जानकारी दिनुभयो ।

संस्थाले सदस्यहरुका लागि च्याउ खेति र मौरी पालन सम्बन्धी तालिम दिइएको बताउनुभयो । भुपु सैनिक कृषि सहकारीको कुल २० लाख ३२ हजार १०० रुपैया कुल शेयर पुजीँ रहेको सस्थाका लेखा समितीका संयोजक झरन मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सस्थाको ६६ लाख ९७ हजार ७८ रुपैया कुल बचत रकम संकलन गरेको सस्थाले ९४ लाख ११ हजार ६०१ रुपैया ऋण लगानी गरेको छ । संस्थाले ऋण लगानीको १४ प्रतिशत ब्याजदर दिईएको छ । हाल सम्म संस्थाको आयकर पछिको नाफा रकम ३ लाख ३८ हजार २१ रुपैया रहेको लेखा समिती संयोजक मल्लले जानकारी गराउनुभयो ।

कार्यक्रम सस्थाका सस्थापक, संचालक, शेयरसदस्य, ऋण परिचालनकर्ता, उत्कृृष्ट बचतकर्ता, जेष्ठ नागरिक, कर्मचारी लगाएतका सहस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष धु्रब शाहको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिका वाड नम्बर ५ का वडा सदस्य प्रकाश बरालको प्रमुख आतिथ्यतामा भएको थियो । सस्थाका उपाध्यक्ष प्रेम बहादुर लामिछानेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सदस्य मिन बहादुर बोहराले गर्नुभएको थियो ।

तपाइको मत