आर्थिक अभावले जुम्ल्याहा बालक हेरचाह गर्न कठिनाई
- शुक्रबार पौष २९ , २०७९

विष्णु अधिकारी, बर्दिया । आमाको न्यानो काख चाहिने बेलामा दुधे जुम्ल्याहा बालकका आमाको मृत्यु भएपछि स्याहार सुसारको अभावमा समस्यामा परेका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर १ मसलाटोल निवासी ४५ बर्षिय दल बहादुर वि.क.को श्रीमती ३० बर्षिया गिता वि.क. आर्थिक अभावका कारण उपचार नपाएपछि पुष २२ गते मृत्यु भएको थियो ।
आमाको मृत्यु पछि ४ महिने दुधे जुम्ल्याहा बालकको हेरचाह तथा पालनपोषणमा कठिनाई परेको छ । आर्थिक अवस्था अत्यन्त दयनीय रहेका दल बहादुरलाई आफ्ना कलिला दुधे बालक कसरी हुर्काउने चिन्ता परेको छ । परिवारका ७ जना सदस्यको रेखदेख गरिरहेका वि.कको सम्पत्तिको नाममा १२ धुर जग्गामा फुसको घरमा जसोतसो गुजारा गरिरहेका छन् । पुषको कठ्याङ्ग्रिदो जाडोमा सुत्ने खाट समेत नभएका कारण पराल विस्तारा बनाई जेनतेन दिन काटिरहेका छन् । देव्रेहातको औलाले काम गर्न नसक्ने वि.क. मसाला बनाई विक्रि गरेको दुइचार सय रुपैयाले दिन गुजार्न बाध्य छन् ।
जुम्ल्याहा बच्चालाई दुध खुवाउन समेत पुग्दैन । जुम्ल्याहा बच्चालाई आमाको दुध नभएपछि बजारमा पाईने ल्याक्टोजिन डब्बाको दुध महङ्गो भएका कारण खुवाउन कठिनाई परेको उहाँले बताउनु भएको छ । बच्चालाई पालन पोषणका लागि सहयोगी मनले सहयोग गरिदिनका लागि वालकहरुका ठुलो बुवा प्रेम ब. वि.क. ले अनुरोध गर्नुभयो । आफुहरुको आर्थिक अवस्था दयनीय भएकाले ४ महिने दुधे बालकको पालन पोषणका लागि साह्ै कठिनाई भैरहेको छ । उमेरले ८० बर्ष नाघेकी जुम्ल्याहा बच्चाका हजुरआमा नातीको हेरचाहमा ब्यस्त हुनुहुन्छ । नाबालक जुम्ल्याहा नाती स्याहार्न हजुरआमालाई पनि कठिन भैरहेको छ । २०७९ भदौ २१ गते गिता वि.क. ले जुम्ल्याहा बच्चालाई जन्म दिएपछि एकाएक विरामी पर्दै गएको वि.क. परिवारको भनाई छ ।
गिताको उपचारको लागि परिवारले आर्थिक क्षमता अनुसार बाँकेको नेपालगंज भेरी अस्पताल पनि पु¥याए तर आर्थिक अभावका कारण उनलाई बचाउन नसकेको पारिवारिक श्रोतले जानकारी दिएका छन् । जुम्ल्याहा बच्चाको आमा सुत्केरी पछि शरिर सुन्निएका कारण मृत्यु भएकाले बालकहरुको स्याहार सुसारका लागि पौष्टिक तत्व तथा अन्य सहयोगका लागि सहयोगि मनहरुलाई कार्यपालिका सदस्य नयन सिंह परियारले सहयोगका लागि चुरेकुञ्ज मार्फत आग्रह गर्नु भएको छ । देब्रे हातको औला नचल्ने बच्चाका वावु मसाला बेचेर ७ जनाको परिवार पालन पोषण गर्नुहुन्छ । श्रीमतीको मृत्यु पछि दुधे जुम्ल्याहा बालक हुर्काउन साह्रै गाहे परिरहेको परियारले सुनाउनु भयो । सहयोगि मनलाई सहयोगका लागि उहाँले आग्रह गर्नु भएको छ ।