समृद्धि कृषि बहुउद्देश्यीय सहकारी संस्थाको कारोबार बढ्यो
- बिहिबार पौष २८ , २०७९
चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ मा अवस्थित समृद्धि कृषि बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको कारोवार बढेको छ । आर्थिक वर्ष ०७८।७९ मा सहकारीले १ करोड ९६ लाख १० हजार ८७७ रुपैयाको कारोबार गरेको छ ।
सहकारीको २२ औं साधारण सभाको अवसरमा सहकारीको प्रगती सार्वजनिकगर्दै सहकारीका अध्यक्ष निम थापाले संस्थाको शेयर पूँजी ६५ लाख ६ हजार ४०० र निक्षेप १ करोड २१ लाख ३४ हजार ९६० रुपैया संकलन गरेको बताउनु भएको छ । साधारण सभाले सहकारीको निति, बजेट एवम् प्रगती प्रतिवेदन माथी छलफलगर्दै आगामी बर्षको कार्ययोजना समेत पारित गरेको छ ।
संस्थाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुँगानाले समृद्धि सहकारीको वित्तिय कारोवार, कार्यशैली र सदस्यहरुको सहभागीताको प्रशंसागर्दै सहकारीलाई माथी उकास्न शेयर सदस्यहरुको हात रहने बताउनु भएको छ । सहकारीमा सदस्यहरु चनाखो रहे सहकारी नडुब्ने उहाँको भनाई छ । कुनैपनि सहकारीका संचालकले सदस्यहरुको पैसा हिनामिना गरे उम्किन नपाउने प्रावधान रहेकाले सहकारीमा फसेका पैसा ढिलो भएपनि फिर्ता हुने उहाँले विस्वास दिलाउनु भएको छ ।
सहकारीको साधारण सभाको उद्घाटन शत्रमा सहकारी वैंक भुरीगाउँका प्रवन्धक, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष एवम् मातृकोण सहकारीका अध्यक्षले सहकारी जोगाउन सदस्यहरु सचेत हुनुपर्नेमा जोड दिनु भएको छ । उद्घाटन पछि सहकारीको बन्दशत्र सम्पन्न भएको छ ।