fbpx

मुनाल कप फुटवल खेलमा लेजेन्ट र हर्कमाया बिजयी

मुनाल कप फुटवल खेलमा लेजेन्ट र हर्कमाया बिजयी


दलबहादुर सुनार, बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिकामा जारी मुनाल कप फुटबल प्रतियोगिता पाँचौ दिनको खेलमा लेजेन्ट क्लब र हर्कमाया यूवा स्पोर्टस क्लब बिजयी भएका छन । बुधवार क्वाटर फाईनलको लागि संचालित पहिलो खेलमा लेजेन्टले मटेरिया लाई १–० गोल अन्तर र मयुर यूवा क्लब स्याउलीबजार तथा हर्कमाया यूवा स्पोर्टस क्लब ककौरा बिच भएको दोश्रो खेलमा मयुर युवा क्लब लाई ४–० गोलको अन्तरले पछि पार्दै हर्कमाया यूवा स्पोर्टस क्लब बिजयी भएको छ ।

मुख्य रेफ्री लक्ष्मण घर्तिले संचालन गरेको पहिलो खेलमा लेजेन्टका जर्सि नं १७ का सुरेश बिष्टको पहिलो गोलले क्लबलाइ जित दिलाएको हो । दोश्रो खेलमा हर्कमाया स्पोर्टस क्लबका जर्सि नं ७ का शम्भु थारुले ३ गोल र जर्सि नं ११ का फागुराम थारुले १ गोल गर्दै क्लब लाई जिताएका हुन् । पौष २३ गते देखि संचालित खुल्ला फुटवल प्रतियोगिताको दोश्रो चरणको अन्तरगत दोश्रो दिनको पहिलो खेल भोलि बिहिवार हुँदैछ । सोल्टी ११ राजापुर र मुनाल यूनाईटेट तथा राइजिङ कालिका युवा क्लब र मुनाल यूनाईटेट ए बिच हुने आयोजक क्लवका उपाध्यक्ष राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

मुनाल युनाईटेड यूवा क्लब बढैयाताल ९ मुख्य आयोजक भएको प्रतियोगिता लाई सफल पार्न बैदेशिक रोजगारमा रहेका क्लबका पुर्व खेलाडी, स्थानिय उद्योगि, ब्यापारी शिक्षक, संघ संस्थाको आर्थिक सहयोग र बढैयाताल ९ नं वडा कार्यालयको समन्वयमा संचालित प्रतियोगिताको फाईनल खेल माघ २ गते हुनेछ । थारु समुायको महान पर्व माघे संक्रान्तिको अवसरमा संचालित प्रतियोगिता अन्तरगत मुनाल युवा क्लबको खेल मैदान पन्ध बिगाहमा संचालित खुल्ला फुटवल प्रतियोगिताको बिजेताले ३१ हजार एक सय ११ र उप बिजेताले २१ हजार एक सय ११ रुपैया सहति ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट डिफेन्डर, गोल रक्षक, स्टाइकर र सर्वाधिक स्कोरर लाई पनि पुरस्कृत गरिने क्लबका अध्यक्ष मनोज पौडेलले जानकारी दिनु भएको छ ।

तपाइको मत