fbpx

बारबर्दियामा नगरस्तरिय बाल संजाल गठन

बारबर्दियामा नगरस्तरिय बाल संजाल गठन


चुरेकुञ्ज, गुलरिया । बारबर्दिया नगरपालिकामा नगरस्तरिय बाल संजाल गठन गरिएको छ । नगरपालिकाका नगरप्रवक्ता दुर्गाबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको भेलाले पुष्कर देवकोटाको अध्यक्षतामा १३ सदस्यीय संजाल समिति सर्वसम्मतले चयन गरेको हो ।

संजालको उपाध्यक्षमा प्रतिक्षा वि.क, सचिव करण परियार, सहसचिव अनिसा थारु, कोषाध्यक्ष करुणा परियार चयन भएका छन् । सदस्यहरुमा रेजिना थारु, ललित थापा, प्रदिप महतरा, सरुना थारु, रामगोपाल थारु, भावना थारु र अभिषेक थारु छन् । एकजना सदस्यलाई पछि छनोट गरिने वताईएको छ ।

बारबर्दिया नगरपालिका अन्र्तगत ११ वडाबाट १० देखि १८ बर्ष उमेर समूहका ३० जना वालवालिका भेलामा सहभागी थिए । वडा स्तरमा रहेको बाल संजालले गरेका गतिविधि, सिकाई लगायत अनुभवहरुलाई एकआपसमा नगर तथा वडामा साटासाट गर्ने अभिप्रायले संजाल गठन गरिएको बारबर्दिया नगरपालिका महिला बिकास शाखाकी अधिकृत उषा पुनले बताईन् ।

तपाइको मत