मुनाल कप पहिलो फुटवल खेलमा मयुर र मुनाल बिजयी
- बुधबार पौष २७ , २०७९
दलबहादुर सुनार, बढैयाताल । बर्दियाको बढैयातालमा शुरु भएको दोश्रो मुनाल कप खुल्ला फुटवल प्रतियोगिताको सोमबार भएको खेलमा मयुर र मुनाल बिजयी भएका छन् । मयुर युवा क्लब बढैयातालले सितला युवा क्लबलाई ७–० गोल अन्तर र मुनाल युवा युनाइटेड क्लब मुनालबस्तीले डाइनामिक यूवा स्पोर्टस यूवा क्लब गुलरिया ११ लाई ० का विरुद्ध २ गोलले पराजित गरेको छ ।
थारु समुदायको महान पर्व माघे संक्रान्तिको अवसरमा शुरु गरिएको फूटवल प्रतियोगिता मुनाल युवा क्लबको खेल मैदान पन्ध्र बिगाहमा संचालित छ । दोश्रो मुनाल कप २०७९ खुल्ला फुटवल प्रतियोगिताको बिजेताले ३१ हजार एक सय ११ र उप बिजेताले २१ हजार एक सय ११ रुपैया सहति ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।
उत्कृष्ट डिफेन्डर, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ स्टाइकर र सर्वाधिक स्कोरर लाई पनि आकर्षक पुरस्कारको ब्यबस्था रहेको मुनाल युनाईटेट क्लबका अध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो । मुनाल युनाईटेड यूवा क्लब बढैयाताल ९, जन शक्ति यूवा क्लब जनतानगर र न्यू साइनिङ्ग यूवा स्टार क्लब टेशनपुरको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको फाईनल खेल माघको २ गते हुने आयोजकले जनाएको छ ।