fbpx

बिहिबारदेखि शुरु हुने बर्दिया राजापुर महोत्सवको तयारी पूरा

बिहिबारदेखि शुरु हुने बर्दिया राजापुर महोत्सवको तयारी पूरा


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने नाराका साथ बिहिबारदेखि शुभारम्भ हुन लागेको बर्दिया राजापुर महोत्सव २०७९ को समुद्घाटन दिउँसो १ बजे हुने भएको छ । बर्दिया उद्योग वाणिज्य संघ राजापुर बर्दियाको आयोजनामा हुने महोत्सबको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।

यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुको प्रदर्शन खाद्य वाली, नगदे वाली, दलहन तथा तेलहन मसला वाली मेलाको प्रदर्शनीमा राखिने बताईएको छ । व्यापारिक स्टल, थारु होमस्टे, थारु गाउँ र डान्स आइडल तथा हरेक दिन स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष केदार थापाले बताउनु भयो । अमर शहिद बहुमुखी क्याम्पस अगाडिको फिल्डमा हुन लागेको बर्दिया राजापुर महोत्सवमा १ सय २० वटा व्यापारिक स्टल, बालउद्धान, मौतका कुवाँ, नाउ, चर्खे पिङ्ग, भुत व्यागर सहितका विभिन्न वाल उद्यान सहित संस्कृति झल्किने झाँकि प्रर्दशनि महोत्सवको मुख्य आकर्षक रहेको छ ।

आन्तरिक तथा बाह्यि गरि ३ लाख भन्दा बढी दर्शकलाई अवलोकन गराउने महोत्सवको लक्ष्य रहेको उद्योग वाणिज्य संघका महासचिव लोकराज ढुङगानाले जानकारी दिनु भएको छ । भौरा क्षेत्रलाई देशैभर चिनाउन हामी सबै एकजुट हुनुपर्ने भएकाले यस क्षेत्रमा रहेका सबै सरोकारवालाहरुले महत्वपुर्ण भुमिका खेली महोत्सव सफल बनाउनु पर्ने बर्दिया उद्योग वाणिज्य संघ राजापुरका निवर्तमान अध्यक्ष कृष्ण कुमार रेग्मीले वताउनु भएको छ ।

तपाइको मत