बढैयातालका बाली विमितलाई चेक भुक्तानी
- बुधबार पौष २७ , २०७९
दलबहादुर सुनार, बढैयाताल । बढैयातालका बालि बिमित किसानहरुले विमा दाबी भुक्तानीको चेक प्राप्त गरेका छन् । अन्न बिउ वाली सम्बन्धी बिमा गरेका बढैयातालका दस जना किसानले एन.एल.जी इन्सोरेन्स कम्पनीवाट दाबी भुक्तानीको चेक प्राप्त गरेका हुन् ।
नेपाल मल तथा बिउ परियोजना सिमिटको आयोजना तथा गेट नेपाल प्लान्ट सेटको सहकार्य र कृषि शाखा बढैयातालको समन्वयमा विमा कम्पनीले क्षतीको आधारमा बालि बिमा गरेका किसानलाई भुक्तानी दिएको जनाएको छ । विमा कम्पनीका क्षेत्रिय प्रबन्धक बिजयराज भण्डारीको अध्यक्षता र बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिमिट अन्र्ताष्ट्रिय एन.साब. ब्यबसाय विकास सहजकर्ता दिपक काफ्लेले कार्यक्रमको उद्देशय माथि प्रकास पार्नु भएको छ । युएस एआईडीको सहयोगमा सिमिट परियोजना अन्तरगत संचालनमा रहेका धेरै परियोजना मध्ये अन्न बिउ बालि सम्बन्धी बीमा परियोजना नेपालकै नमुना परियोजना भएको उहाँले बताउनु भएको छ ।
धान बालि बीमाको क्षेतीपुर्ति बापतको चेक हस्तान्तरण कार्यक्रम सिमिट र गेट नेपालको सहकार्यमा भएको कार्यक्रममा पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, वडा नं ६ का वडाध्यक्ष शुक्रराज सापकोटा, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडी, कृषि साखा बढैयातालका प्रमुख दिपेन्द्र श्रीवास्तब, आयोजक सस्थाका प्रमुख तथा प्रतिनिधी लगाएतको रोहवरमा बिमित लाई चेक हस्तान्तरण गरिएको एन.एल.जी. बर्दियाकी प्रमुख अनु हमालले जानकारी दिनु भएको छ ।
मौषम परिवर्तनको कारणले गर्दा समयमा पानी नपर्ने, बढी पानी पर्ने, बढी पानी परेको कारणले जोखिममा रहेको अवस्थामा यस किसिमको उत्पानमा आधारित कार्यक्रम अन्र्तगत बीउ उत्पादन कृषक लाई ध्यानमा राख्दै बढैयातालमा परिक्षणको रुपमा बालि बीमा कार्यक्रम संचालन गरिएको प्लान्ट सेटका प्राबिधिक चिरन पाण्डेयले बताउनु भएको छ ।
पालिकाका अध्यक्षको कार्यकक्षमा भएको कार्यक्रममा बालि बीमाको दाबी भुक्तानी माग गरेका ११ जना मध्ये १० जना किसानले क्षेतिको आधारमा दाबी भुक्तानी पाएका छन् । भुक्तानीको चेक पाउनेहरुमा मेघराज रिजाल , बिष्णु प्रसाद लामिछाने, चित्र बहादुर के.सी., नबराज पौडेल, रामरती थरुनी, कृष्णलाल पाध्य, सहगी थरुनी, कृष्ण लाल भट्टराई, टोप कुमार बराल क्षेत्री र जगनी थरुनी रहनु भएको छ । बिमितहरु लाई क्षतिको आधारमा रु ३ हजार चार सय देखि १२ हजार सम्मको चेक हस्तान्तरण गरिएको सस्थाले जनाएको छ । बढैयाताल गाउँ पालिकाका अध्यक्ष एव कार्यक्रमका प्रमुख अतिथि हिमालय त्रिपाठी, बिशेष अतिथि बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीले कार्यक्रम किसानको हितमा भएको भन्दै किसान लाई बिमाको महत्वको बारेमा बुझाउनु पर्नेमा जोड दिदै पालिकाले पनि कृषि र पशुमा बिमा गर्ने योजना रहेको बताउनु भएको छ ।