बर्दिया राजापुरको भन्सार चोकलाई पृथ्वी चोक नामाकरण
- बुधबार पौष २७ , २०७९
मिन अधिकारी, राजापुर । ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बर्दियाको राजापुर स्थित भन्सार चोकलाई पृथ्वी चोक नामाकरण गरिएको छ । चोक नामाकरणगर्दै पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणसहित ३०१ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको हो ।
राजापुर बजारमा रहेको मुख्य भन्सार चोकमा नेपाल एकिकरणकर्ता राष्ट्र पिता पृथ्वी नारायण शाहलाई सदैभर अमर बनाई रहनका लागि भन्सार चोकलाई पृथ्वी चोक नामाकरण गरिएको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समिति राजापुरले आयोजना गरेको कार्यक्रममा सरिक भएका विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, पत्रकार, सुरक्षाकर्मि र स्थानियबासीहरुको उपस्थितिमा पृथ्वी चोकको नामाकरण गरिएको समाजसेवी तथा कागे्रसका वरिष्ठ नेता चन्द्रध्वज जि.सिले बताउनु भएको छ ।
राष्ट्र एकिकरण गर्न राष्ट्रपिता श्री ५ वडामहाराज धिराज पृथ्वी नारायण शाह हामी सबैका पिता भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टिको माग अनुसार राज्यले सहि निर्णय गरि पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको कार्य स्वागत योग्य भएको राप्रपाका बरिष्ठ नेता जिवराज रेग्मीले बताउनु भएको छ । अब स्थानिय सरकारले पनि छिटो भन्दा छिटो पृथ्वी चोकमा पृथ्वी नारायण शाहको शालिक निर्माण गरि राष्ट्र निर्माता प्रति सम्मान गर्नुपर्ने उहाँको माग छ ।