दिपलगन महिला सहकारीको अध्यक्षमा अर्याल सर्बसम्मत
- बुधबार पौष २७ , २०७९
दलबहादुर सुनार, बढैयाताल । दिपलगन महिला सहकारी संस्था लिमिटेडको अध्यक्षमा पबित्रा अर्याल सर्बसम्मत चयन हुनु भएको छ । दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्था बढैयातालको चौथो अधिबेशनले महिला नेत्री अर्याल लाई सर्बसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।
संस्थाकी अध्यक्ष सीता पौडेलको अध्यक्षता तथा बर्दिया क्षेत्र नं १ क का प्रदेश सभा सदस्य भुवनेश्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले अर्यालको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा लोककुमारी मल्ल, कोषाध्यक्ष सरस्वती थारु, सचिब पबित्रा गैरै, सदस्यहरुमा सुनिता सुनार, मञ्जु पौडेल, युक्त कुमारी पौडल, सैनाज अली, मिना बली, सरस्वती घर्ति, सिता देबि घिमिरे सहितका १३ जना सदस्य रहेको संचालक समिति सर्ब सम्मत निर्वाचित भएको सस्थाकी कर्मचारी कमला सापकोटाले जानकारी दिनुभएको छ ।
१ हजार ३ सय ६३ जना शेयर सदस्य रहेको संस्थामा आ.ब. २०७८/०७९ सम्म शेयर पुंजि ३४ लाख ९ हजार ८ सय र बचत तर्फ २ करोड ५ लाख ६२ हजार ६३ रुपैया रहेको छ । सस्थाले आ.ब. २०७८/०७९ मा ४ करोड ७७ लाख २१ हजार ४ सय ११ रुयैयाको कारोवारबाट रु ७ लाख ६१ हजार ३२१ रुपैया मुनाफा गर्न सफल भएको छ । ६७ वटा बचत समुह रहेको सहकारीले बचत तथा ऋणको कारोवार मात्रमा सिमित नभई सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने पुर्याउँदै आएको छ ।
संस्थाले घाँसको बिउ, रासायनिक खादमल, बाख्रा उपहार, च्याउको बिउ, तरकारीका बिउ विजन, उपकरणको सामाग्री, पशु दाना बिक्रि बितरण, खसि बाख्रा खरिद तथा बिक्रि, ई सेवा लगाएतका कार्यक्रम संचालन गरेको छ । हेफर ईन्टरनेश्नलको सहकार्यमा २०६८ सालमा स्थापित सस्थाले आफ्नो १८ औ साधारण सभा तथा चौथो अधिबेशनको अवसमा सदस्यका अशक्त अपांगता भएका पाँच जना छात्र छात्रालाई स्टेशनरी सहयोग, एकल महिला सदस्य, जेष्ठ नागरिक सदस्य लाई दोसल्ला वाट सम्मान गरेको छ ।
सहकारीका उत्कृष्ठ समुह, असल ऋणी, नियमित बचत कर्ता, धेरै बचत कर्ता धेरै खसि बेच्ने सदस्य लाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । ब्यबसायमा उत्कृष्ठ कृषक सदस्य लाई क्यारेट, हजारी लगाएतका सामान पुरस्कृत गरिएको सस्थाले जनाएको छ । साधारण सभाको उद्धघाटन शत्रमा बढैयातालका अध्यक्ष हिमालय त्रिपाठी, हेफर ईन्टर नेश्नलका शोभाकान्त पौडेल, जेष्ठ नागरिक संघ बर्दियाका अध्यक्ष टुकराज घिमिरे, वडा न. ८ की वडा सदस्य ममता घर्ति, कालिका बचत तथा ऋण सहकारी संंस्थाका अध्यक्ष दशरथ शर्मा, समाजसेबी बालकृष्ण आचार्य लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।