राष्ट्र निर्माता पृथ्वीनारायण शाह अमर रहुन्
- बुधबार पौष २७ , २०७९

आर्या अर्याल, सनराइज बोर्डिङ, गुलरिया, बर्दिया ।
राष्ट्र निर्माता
जमिन मात्र अनि सिमाना मात्र देश र राष्ट्र हुन्थ्यो भने
चौकिल्ला त मेरो हजुर बा को खेत अनि बारीको पनि छ
त्यो पनि देश तथा राष्ट्र हुनुपथ्यो ।
उनले त ,
भुगोल मात्र जोडेको होइन , त्यो भुगोललाई
चार जात छत्तिस बर्णको फूलबारी बनाए
तेसैले त उनी निर्माता हुन, यो देशको ।
उनले भुगोललाई देश बनाए, जनतालाई सेना बनाए
विश्व साम्राज्यबादीहरुलाई सिमा पारी रोक्दै
नेपालको अस्तित्व बचाउने शक्ति दिलाए ।
पानीलाई शक्ति बनाउदै
“काङ्गडाको युद्ध गोरखालीको प्रतीक बनाउने आधार बनाए,
“बिसे नगर्ची “जसलाई समाबेसीकरणको मर्म बनाए ।
खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र
सार्नुपर्छ र खानी चलाउनुपर्छ अर्थतन्त्रको वास्तविक अर्थ दिलाए ।
उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि
त्यहाँ खेतीपाती गर्नु पर्छ भन्ने उक्ति चलाए ।
“जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो, भन्ने समाजबादी नारा फैलाए ।
नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु भन्दै परराष्ट्र नीति सिकाए
घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन्
भन्दै भ्रष्टाचार बिरुद्द शून्य सहनशीलताको सिद्धान्त पढाए ।
राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर भन्दै
अर्थतन्त्रको मन्त्र सुझाए, उनले सेना बनाए, कानुन बनाए
बैरीलाइ गतितो जवाफ दिदै गोर्खाली परिचय बनाए
बिश्व भुगोलमा “नेपालको अमिट स्थान बनाए
हो, तेसैले त उनी रास्ट्र निर्माता कहलिए ।
राष्ट्रिय एकता जिन्दाबाद ! मेरो देश, मेरो प्राण !!!
चन्द्र/सुर्य ध्वज मेरो सान !! पृथ्वीनारायण शाह अमर रहुन ।
मिति २०७९ पुष २७ गते ।