कविता : विकृतिको अन्त्य
- सोमबार पौष २५ , २०७९

बविता भण्डारी, कक्षा १०, श्रीवगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, गुलरिया, बर्दिया ।
विकृतिको अन्त्य
छोरा जन्मे भन्दा खेरी घर परिवार रमाउने
छोरी जन्मिन् भन्दा खेरी मुटु कमाउने ।
छोरी भने घाँस दाउरा छोरा स्कुल पढ्नलाई विभेद छैन दुबै सक्छन् अघि बढ्नलाई ।।
छाउ भएर बाहिर बस्दा मन कति रुँदो हो
तातो मिठो खान पाए कति हुँदो हो ।
छोरा जति भएपनि त्यै घरमा अटाउने
एउटी छोरी भएपनि डाँडा कटाउने ।।
पुरुष भने दिनभर जाँड रक्सीमा रमाउने
साँझपख घर आइ चुल्ठो समाउने ।
विज्ञानको विकासले नारी पुगे चन्द्रमा
हाम्रो सोच बस्नु पर्ने घरकै धन्दामा ।।
हत्या, हिंसा कति कति घटेकै छन् घटना
न्याय छैन ऐन नियमको लाउँछन् रटना ।
आमा, दिदी, बहिनी सबै आफै अघि बढ्नु छ
विकृतिको अन्त्य गर्न आफै लड्नु छ ।।