वैकल्पिक सरकार वनाउने कुरा मिलिसक्यो
- आइतबार बैशाख ५ , २०७८
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायपलट हुने दाबी गरेका छन् ।
आइतबार गृह जिल्ला चितवन पुगेर प्रचण्डले यस्तो दाबी गरेका हुन् । उनले छिटै केपी ओली नेतृत्वको सरकार हट्ने र वैकल्पिक सरकार बन्ने बताउँदै भने, त्यसको अन्तिम तयारीमा हामी छौं । लगभग सबै कुरा मिलिसकेको छ ।’ उनले कर्णाली प्रदेशमा सरकार जोगाएको प्रसंग उल्लेख गर्दै भने, ’अब केन्द्रमा पनि केही दिनमा कायापलट हुनेछ ।’
अविश्वास प्रस्तावलाई फेल गराएर कर्णाली प्रदेशमा माओवादी नेतृत्व सरकार जोगाउन एमालेका चार सांसदहरूले फ्लर क्रस गरेर निर्णायक भूमिका निर्वाह गरेका थिए । त्यो समिकरण काठमाडौंमा बन्नसक्ने संभावना बलियो बन्दै गएको प्रचण्डले संकेत गरेका छन् ।
उनले ओली सत्ता र बाहिरको शक्तिले समेत आफू र आफ्नो पार्टीलाई निसानामा बनाइएको बताउँदै भने, तर त्यो संभव छैन । हामी झन् बलियो हुँदैछौं ।