fbpx

बाँसगढीमा बरघर र टोल विकास संस्थालाई सक्रिय पारिने

बाँसगढीमा बरघर र टोल विकास संस्थालाई सक्रिय पारिने


विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकामा गठन भएका टोल विकास संस्था र बरघर संस्थाका पदाधिकारी हरुसंग क्षमता विकास तथा अन्तरक्रिया गरिएको छ । मेरो पालिका म बनाउनु छु भन्ने मुल नाराका साथ बाँसगढी नगर पालिकाको आयोजनामा सामाजिक आर्थिक विकास कार्यक्रम अन्तरर्गत टोल विकास सस्था र बरघर सस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बाँसगढी नगरपालिकाका योजना शाखाका अधिकृत खड्क बहादुर वलीले पदाधिकारीहरुलाई विधानमा भएका कुरा र उनीहरुको काम कर्तव्य, हक अधिकार सम्बन्धी जानकारी गराउनु भएको छ । आर्थिक प्रसारण शाखाका प्रमुख धन बहादुर चन्दले सस्थालाई योजना संम्झौता र भुक्तानी गर्ने बेला आईपरेको समस्या र समाधानको बारेमा बताउनु भएको थियो । उहाँले विभिन्न योजनाका कामहरु सम्पन्न गर्दा धेरै योजनाहरु मापडण्द विपरीत भएकाले भुक्तानी दिने बेला समस्या उत्पन्न हुने गरेको प्रष्टपार्नु भएको छ । जिल्ला दररेद अनुसार योजनाको स्टिमेट हुने हुदाँ सो अनुसार योजनाको स्टिमेट पेश गर्न पनि टोल विकास सस्था र बडघर सस्थालार्ई आग्रह गर्नुभयो ।

बाँसगढी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कमलप्रसाद पौडेलले प्रत्येक टोलविकास सस्था र बरघर सस्थाले ३ सदसिय अनुगमन समिती गठन गर्न सुझाव दिनु भएको छ । उहाँले प्रत्येक टोलमा सस्थाले स्थानीय तहको विकास निर्माणका काममा प्रत्यक्ष अनुगमन, समन्वय, साझेदारी र सहयोगी भूमिका निर्वाह गर्न अनुगमन समिती चाहिने बताउनुभयो । कार्यक्रममा बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले बाँसगढी नगरपालिकाले उपभोक्ता समितिलाई विस्थापित गर्दै सरकारी निकायमा दर्ता भई स्थायी लेखा नम्बर भएका संस्थाबाट मात्रै योजना सम्पन्न गर्ने नीति लिईएको बताउनु भयो ।

बडघर रहेको गाउँमा बरघर संस्था र अन्यत्र टोल विकास संस्थाले टोलको समग्र विकास गर्ने बताउनुभयो । समाजमा विकास निर्माण र सुशासन स्थापित गर्ने कार्यमा बरघर सस्था र टोल विकास संस्थाको महत्वपूर्ण भूमिका हुने भएकाले टोल तथा बस्ती स्तरदेखि नै विकासमा नागरिकको सहभागिता सुनिश्चित गर्न टोल विकास सस्था र बरघर सस्था मार्फत काम गर्ने निति लिएको नगर प्रमुख खड्काको भनाई छ । स्थानियहरुले टोल विकासको लागि आफ्नो वडामा भएका समस्याहरु समाधान निकै सहयोग पुग्छ । टोलमा भएको समस्या समाधान गर्न पनि सजिलो भएको बताउनुभयो । बासँगढी नगरपालिकामा टोल विकास संस्था र बरघर सस्था गरि १ सय ४३ वटा गठन भएका छन् ।

तपाइको मत