fbpx

ग्लोवल आईएमई र बैंक अफ काठमांडूको मर्जर शाखा उद्घाटन

ग्लोवल आईएमई र बैंक अफ काठमांडूको मर्जर शाखा उद्घाटन


चुरेकुञ्ज, गुलरिया । ग्लोवल आईएमई वैंक तथा बैंक अफ काठमांडू दुवै बैंक गाभिएपछिको नयाँ शाखा गुलरियामा समुद्घाटन गरिएको छ । उद्योग बाणिज्य संघ गुलरिया, बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले मर्जर शाखाको नयाँ कार्यालय समुद्घाटन गर्नु भएको छ ।

दुवै शाखा गाभिएपछि दुवैको कारोबार ग्लोवल आईएमई बैंक लिमिटेड मार्फत हुनेछ । नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त ग्लोवल आईएमई बैंकले पछिल्लो समय सेवाग्राहीको विस्वास जित्न सफल भएको छ । कार्यालय समुद्घाटनका प्रमुख अतिथी पाण्डेले बैंकहरु पूँजी बृद्धि गर्न नसकेपछि गाभिनु पर्ने बाध्यता रहेको प्रष्ट्याउनु भएको छ ।

नेपाल राष्ट्र बैंक र सरकारको नितिका कारण उद्योगी ब्यवसायीहरु चर्को ब्याज तिर्न नसकेको उहाँको भनाई छ । उद्योग, ब्यापार नचलेर टाँट पल्टिने अवस्थामा पुगेका उद्योगी ब्यवसायीलाई बैंकको ब्याजले कसेपछि ब्यवसायीहरु पलायन भैरहेको अध्यक्ष पाण्डेको दुःखेसो छ । ऋण लिन चाहाने ब्यवसायीहरुलाई सहज तथा सुलभ रुपमा कर्जा उपलब्ध गराईदिन पाण्डेले बैंकहरुलाई अनुरोध गर्नु भएको छ ।

तपाइको मत