fbpx

भ्रष्टाचारमुक्त पालिका बनाउने बढैयातालका अध्यक्षको संकल्प

भ्रष्टाचारमुक्त पालिका बनाउने बढैयातालका अध्यक्षको संकल्प


दल बहादुर सुनार, बढैयाताल । बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पालिकालाई भ्रष्टाचार मुक्त र सुशासन युक्त पालिका बनाउने संकल्प गर्नु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगंजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष त्रिपाठीले सो घोषणा भएको हो ।

बढैयातालमा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन समबन्धि अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका त्रिपाठीले भ्रष्टाचारलाई शुन्यमा झार्ने प्रयास गर्ने बताउदै सार्वजनिक पदधारण गरेका ब्यक्तिहरुले म भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न भन्नेमा प्रतिबद्ध हुनु पर्नेमा जोड दिनु भएको छ । पैसा लिनु मात्र भ्रष्टाचार होईन गुणस्तरिय र छिटो छरितो सेवा प्रबाह नगर्नु पनि भ्रष्टाचार हुनेभन्दै बढैयाताल गाउँ पालिकालाई भ्रष्टाचाार मुक्त पालिका बनाउने प्रतिबद्धता गर्नु भएको छ ।

पालिका स्तरिय अन्तरक्रिया कार्यक्रमका अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजका प्रमुख बिजयराज पौडेलले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै सरोकारवाला निकायलाई सचेत गराउने कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो । सचेत हुदा हुदै पनि भ्रष्टाचार सम्बन्धि घटना भएमा अख्तियार कार्वाही गर्ने अड्डा भएको उहाँको भनाई छ । सहभागि सबैले बुझ्ने सरल भाषामा बुझाउदै भ्रष्टाचार भनेको ओछ्यान माथी मसिनो डोरिले झुण्डाएको जातो जस्तै हो कुनै पनि बेला डोरी छिनेर दुर्घटना हुन सक्छ ।

अख्तियार भनेको गलत गर्नेको लागि बाघ हो तर नीति र बिधिको बाटो नबिराए डराउन नपर्ने उहाँको भनाई छ । जानेर वा नजानेर बाटो बिराई गल्ति गर्नेलाई अख्तियारले नछोड्ने प्रमुख पौडेलले बताउनु भयो । अख्तियारले पहिलो चरणमा सचेत गराउछ । दोश्रोमा स्टप गर्छ र त्यति गर्दा पनि नरोकिए कानुन बमोजिम सत्य तथ्य र प्रमाणका आधारमा साना ठुला जो भएपनि कार्वाही गर्ने प्रमुख पौडेलले स्पष्ट पार्नु भयो । भ्रष्टाचार विरुद्धको सहकार्य : सुशासनको लागि अपरिहार्य भन्ने मुल सन्देशका साथ आयोजित कार्यक्रमका बिशेष अतिथि तथा बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीले सार्वजनिक पदिय जिम्मेवार पाएका ब्यक्तिहरुले नीति र कानुनमा रहि काम गर्नु पर्नेमा जोड दिनु भएको छ ।

नागरिक समाज संजाल बढैयातालका संयोजक बालकृष्ण लामिछानेले आफ्नो बिचार राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लागेका सानालाई छोड्दैन तर ठुलालाई भने नछुने भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । भ्रष्टाचारको सुन्य शहनशिलताको लागि सबै लाग्नु पर्नेमा उहाँले जोड दिनु भएको छ । बढैयाताल गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडीले वडा अध्यक्षहरुले कानुनको परिधि भित्र रही बिचार गरेर मात्र कामहरुको सिफारिस गर्नु पर्ने भन्दै प्रशासनिक सेवा लाई चुस्त दुरुस्त पारि सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनु भयो ।

बढैयाताल गाउँपालिकाको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरिक्षक कमल क्षेत्री, सशसत्र प्रहरी बल बि.ओ.पी बढैयाताल २ फुटाहाका सशस्त्र प्रहरी निरिक्षक हेमकुमार पौडेल, पुर्व उपाध्यक्ष दिपा गौतम, बढैयातालका १ देखि ९ सम्मका वडाध्यक्षहरु, वडा सचिब, कार्यपालिका सदस्य, बडा सदस्य, बिद्यालयका प्रधानाध्यापक, बढैयातालका सबै सामुदायिक बनका अध्यक्ष, पालिकाका शिक्षा, स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, योजना, प्राबिधिक, स्वरोजगार, महिला तथा बालबालिका, सहकारी लगाएतका शाखाका प्रमुख तथा प्रतिनिधि, उद्योग बाणिज्य संघ बढैयातालका अध्यक्ष, नागरिक समाज संयोजक, प्रहरी चौकी कण्ठपुर र सितलाबजारका ईन्चार्ज, टोल सुधार समितिका अध्यक्ष सहित पत्राकार लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागी वडा नं ४ का पुर्व वडाध्यक्ष कर्ण बहादुर थापा, वडा नं ५ का अध्यक्ष तुलाराम थारु, ८ का अध्यक्ष तेजनाथ पौडेल, ९ का अध्यक्ष बिर बहादुर थारु लगाएतका सहभागिले राखेका प्रश्नको जवाफ अख्तियार प्रमुख पौडेलले दिनु भएको छ । अन्तरक्रिया कार्यक्रममा आयोगका शाखा अधिकृत श्रीधर टण्डन र झलक के.सी.ले भ्रष्टाचारको परिचय, अर्थ र परिभाषा, भ्रष्टाचारका कारण असर, भ्रष्टाचार नियन्त्रणमा बिश्वमा नेपालको अवस्था, नियन्त्रणका लागि कानुनी संरचनागत ब्यबस्था, भ्रष्टाचारका कसुरहरु तथा सजायको प्राबधान, आयोगको पृष्ठभुमि, रणनीति र सार्वजनिक पद धारण गरेका ब्यक्तिले मनन गर्नु पर्ने आधारभुत विषयहरुका बारेमा भिडियो र चित्र सहित सहजिकरण गर्नु भएको संस्थाले जनाएको छ ।

तपाइको मत