बाँसगढी स्थित विद्यालयको बार्षिक उत्सवमा विद्यार्थी पुरस्कृत
- आइतबार पौष २४ , २०७९
विन्दु चौधरी, बाँसगढी । बाँसगढी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ३४ औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अर्धवार्षिक परिक्षामा प्रथम, द्वितिय र तृतिय हुने बिद्यार्थी तथा अतिरिक्त क्रियाकलाप अन्तरर्गत विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
विद्यालय परिसरमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यपक निराजन चापागाईले विद्यालयको प्रगती विवरण तथा भावी योजना प्रस्तुत गर्नु भएको छ । आगामी दिनमा विद्यालयलाई अझ प्रविधिमैत्री बनाउन लागि परेकोले सबैको सहयोग आवश्यक पर्ने बताउनु भयो । उहाँले विद्यालयमा अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले विभिन्न खेलकुदक प्रतियोगिताको आयोजना गर्दे आएको प्रष्ट्याउनु भयो । नेरा मावि बाँसगढीमा अध्ययनरत एक हजार ५ सय १० विद्यार्थीहरुलाई ५० जना शिक्षक कर्मचारीहरु अध्यापन गराईरहेको जानकारी दिनुभयो ।
विद्यार्थी सख्याको आधारमा शिक्षक कर्मचारीको दरबन्दी न्यून रहको बताउँदै उहाँले भन्नुभयो २०४५ साल पुष २४ गते स्थापना भएको विद्यालयमा अहिले कक्षा १२ सम्म पढाई संचालन भैरहेको छ । प्राविधिक तर्फ डिप्लोमा ईन कम्प्यूटर इन्जीनियरिङ र डिप्लोमा ईन सिभिल इन्जीनियरिङ विषय संचालन गर्न विद्यालय सफल भएको बताउनुभयो । विद्यालयमा ११ जना दृष्टिविहिन बालबालिकाहरुलाई पठनपाठन सहित खानबस्नको ब्यवस्था गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाँगसढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले विद्यालयमा गुणस्तरीय शिक्षा हुनु पर्नेमा जोड दिनुभयो । गुणस्तरिय शिक्षाका लागि अबको जीम्मेवारी भनेको शिक्षक र अभिभावकहरुले महत्वपुर्ण भुमिका हुन जरुरी रहेको बताउनुभयो । शिक्षाको पहुँचबाट टाढा रहेको बालबालिकाहरुको शिक्षामा पहुच सुनिश्चित गर्ने उद्देश्यले बाँसगढी नगरपालिकालाई निःशुल्क तथा अनिवार्य आधारभुत शिक्षा प्रदायक नगर घोषणा भैसकेको बताउनुभयो ।
विद्यालयमा नेपाली र अंग्रेजी माध्यमबाट पठनपाठन हुनेहुदाँ अझै ब्यवस्थित गराउने तर्फ नगरपालिका प्रयास गरिरहेको बताउनु भएको छ । पुर्व विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तथा पुर्व नगर प्रमुख शालिकराम अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष तथा बाँसगढी वडा नम्वर ५ का वडाअध्यक्ष दहवा थारु लगाएत शिक्षक, अभिभावक, विद्यार्थी, संचारकर्मिको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयका शिक्षक फणिन्द्र प्रसाद ढुंङगानाले संचालन गर्नुभएको थियो ।