fbpx

प्राकृतिक वासस्थानमा रहेका कृष्णसार संरक्षणमा चुनौती

प्राकृतिक वासस्थानमा रहेका कृष्णसार संरक्षणमा चुनौती


नेपालमै दुर्लभ मानिएको एन्टीलोप प्रजातीका वन्यजन्तु कृष्णसारको संरक्षणमा चुनौती देखिएको छ । संरक्षित क्षेत्रका रुपमा घोषणा गरिएको बर्दियाको गुलरिया स्थित खैरापुरको प्राकृतिक वासस्थानमा रहेका वन्यजन्तु कृष्णासारलाई जोगाउन वस्तीब्ययवस्थापन, भुस्याकुकुर तथा छाडापशु ब्यवस्थापन नहुँदा चुनौती बनेको हो ।

बर्दियाको गुलरिया नगरपालिकाको प्राकृतिक वासस्थानमा पाइने दुर्लभ बन्यजन्तु कृष्णसारको संरक्षणमा चुनौती देखिएपछि संरक्षणकर्मीहरु चिन्तित हुन थालेका छन् । खैरापुरको प्राकृतिक वासस्थान क्षेत्रलाई नेपाल सरकारले २०६५ सालमा तराईको एकमात्र संरक्षित क्षेत्रका रुपमा घोषणा गरेको छ । १६.९५ वर्ग किलो मिटर क्षेत्रफलको संरक्षित भू–भाग पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । स्तनधारी जनावर कृष्णासारको संख्या लगातार घट्दै गएको तथ्याङ्कले देखाएको छ । संरक्षण गर्न सरकारले कार्यालय स्थापना गरि वार्षिक करोडौ खर्च गर्दै आएको छ ।

यसको संख्यामा कमि आउनु, संरक्षणमा चुनौती देखिनुले सरकारको कृष्णसार प्रति उदाशिनता देखिएको स्थानिय होमेन्द्र थापाले बताउनु भएको छ । २०७० सालमा करिव ३ सयको हाराहारीमा रहेका कृष्णसार हाल घटेर १ सय ६६ वटा मात्र छ । सरकारको उपस्थिती हुँदा समेत संख्यामा कमि हुनु र दुर्लभ वन्यजन्तुको आशातित संरक्षण हुन नसकेको गुलरियन नगरपालिका वडा नम्वर २ का वडाअध्यक्ष टंकप्रसाद अधिकारीले चुरेकुञ्जलाई बताउनु भयो । कृष्णसारको प्राकृति बासस्थान भएको क्षेत्रमा मानव बस्ति संरक्षण क्षेत्र भित्रै रहेको छ । उक्त बस्तिलाई उचित स्थानमा स्थानन्तर गर्न नसक्नु, गौशालामा राखिएका पशुचौपाया चरिचरणका लागी सहजै संरक्षित क्षेत्रमा प्रवेश पाउनु, भुस्याहा कुकुरको आक्रमण हुनु लगायत चुनौती संरक्षण क्षेत्रमा देखिएका छन ।

कृष्णसारको संख्या बृद्धि गर्न संरक्षण क्षेत्र वरिपरि व्यवस्थित तारबार लगाउने, बस्तिको स्थानान्तरण गर्ने र सो क्षेत्रमा भएका भुस्याहा कुकुरको व्यवस्थापन गरे दुर्लभ मानिएको कृष्णासारलाई संरक्षण गर्न कुनैपनि कठिनाई नहुने कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख विनयकुमार झाले चुरेकुञ्जलाई बताउनु भएको छ । सरकारले कृष्णसारको संरक्षण गरि उचित प्रचारप्रसार गर्न नसक्दा पर्यटकिय क्षेत्रका रुपमा समेत विकसित गर्न सकिएको छैन । दुर्लभ वन्यजन्तुको रुपमा मानिएको कृष्णासारको अवलोकनका लागी विश्वका विभिन्न राष्ट्रबाट पर्यटक भित्र्याउन सकिने स्थानियको बुझाई छ ।

कृष्णसारको संरक्षण जुन हिसाबले व्यवस्थापन हुनु पर्ने त्यसरी नभई संरक्षणका लागी राज्यले निती नै बनाई कार्यन्वयन गर्नुपर्ने संघीय साँसद संजयकुमार गौतमको भनाई छ । कृष्णासारको संख्यामा बृद्धि गर्न राष्ट्रिय स्तरबाटै गुरु योजना बनाएर कार्य अघि बढाउने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो । बर्दियाको गुलरिया नगरपालिका वडा न.२ पटाहा गाउँ स्थित रहेको कृष्णसार नेपालमा दुुर्लभ वन्यजन्तुको सुचीमा समावेश गरिएको छ । लोपोन्मुख कृष्णसारको संरक्षण र व्यवस्थापनमा तिनै तहको सरकारको ध्यान जान आवस्यक रहेको छ । यस क्षेत्रलाई प्रर्बद्धन गर्न सके आन्तरिक तथा बाह्रय पर्यटकहरु भित्र्याउन सकिने प्रवल सम्भावना रहेको छ ।

तपाइको मत