सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा उमेश मल्लीक चयन
- आइतबार पौष २४ , २०७९
चुरेकुञ्ज, गुलरिया । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गुलरिया बर्दियाको अध्यक्षमा उमेश मल्लिक सर्वसम्मत चयन हुनु भएको छ । शुक्रवार सम्पन्न साधारण सभाले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सभाले उपाध्यक्षमा राधिका पौडेल, सचिव चन्दा चन्द, कोषाध्यक्ष सपना शर्मा, सहसचिव विष्णुकुमार सुनारलाई चयन गरेको छ । सदस्यहरुमा राजकुमार लोध, मईसरा परियार, वसी अहमद ईद्रीसी, सुरेन्द्र गौतम, गोपाल जंग शाह, कमल शर्मा, राधा डांगी र केशव प्रसाद रिजाल चयन हुनु भएको नवनिर्वाचित अध्यक्ष मल्लिकले जानकारी दिनु भएको छ ।
कानून ब्यवसायमा संलग्न मल्लिकले आफू सेवा केन्द्रमा आएपछि लागुऔषध नियन्त्रण, बेचविखन लगायत अपराधका क्षेत्रमा सहयोग पुर्याउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । समितिले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत सचेतना लगायतका कार्यहरु गर्ने उहाँको भनाई छ ।