fbpx

बाँसगढीलाई केन्द्रविन्दु बनाएर हाम्रो सहकारीले काम गर्ने

बाँसगढीलाई केन्द्रविन्दु बनाएर हाम्रो सहकारीले काम गर्ने


विन्दु चौधरी, बाँसगढी । हाम्रो एकिकृत कृषि सहकारी सस्थाले बाँसगढीलाई केन्द्र बनाएर नगरपालिकामै नमुना सहकारी बनाउने योजनामा रहेको बताएको छ । बाँसगढी नगरपालिका ५ मा भएको दोस्रो वार्षिक साधारण सभामा कृषि कार्यलाई प्राथमिकता दिँदै ल्याएको योजनाले अब्बल सहकारी बन्ने दावी गरिएको हो ।

सहकारीका अध्यक्ष गोविन्द प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले उत्साहजनक ढंगबाट सहकारी अघि वढेको बताउनुभयो । बाँझो जमीनलाई उपयोग गरेर वैकल्पिक नगदेवालीको खेतीगर्दै अघि बढ्न सुझाव दिनुभयो । उहाँले बासँगढी नगरपालिकाको आन्तरिक आय बृद्धि गरेर सहकारीलाइ थप सहयोग गर्ने बताउनु भएको छ ।

सरकारको नीति तथा योजनालाई टेकेर सहकारी सस्थालाई उत्पादनसंग जोड्न कृषि र पशु ब्यवसायबाट शुरु गरिरहेको अध्यक्ष उपाध्यायले बताउनुभयो । अहिले ३८ कठ्ठामा आलुको विउ उत्पादन गरिरहेको र त्यसपछि मकै उत्पादन गर्ने योजना रहेको उहाँको भनाई छ । सहकारीका सचिव कृष्णराज अधिकारीले सञ्चालन गरेको सभामा करिव डेढ सय बढि शेयर सदस्यहरु ठुला ब्यवसाय संचालन गरिरहेको बताउनु भएको छ । सस्थाका सदस्यहरुले ब्यवसायिक रुपमा गाईभैसी, बाख्रा, तरकारी र च्याउ खेती लगाएतका ठुला फार्म संचालन गरिरहेको जानकारी दिनुभयो ।

बाँसगढी नगरपालिका भरिका कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले संचालन गरेको सहकारीले उन्नत जातका विउविजन, नस्लको विज ल्याउने र पशुपन्छीहरुबाट उत्पादन बढाउने, कृषि तथा कृषिजन्य पदार्थको उत्पादन, संकलन, खपत र बजारीकरण गर्ने योजना रहेको अध्यक्ष उपाध्यायले बताउनुभयो । वार्षिक साधारण सभामा अध्यक्षको नीति तथा योजना र कोषाध्यक्ष सन्तु काफ्ले अधिकारीको आर्थिक प्रतिवेदन पारित समेत भएको छ ।

सहकारीको ८३ लाख ३५ हजार २ सय ३९ रुपैया बराबरको आयब्याय प्रस्तुत गरिएको छ । ५ सय १५ जना सेयर सदस्य रहेको हाम्रो एकिकृत कृषि सहकारीको १७ लाख ५५ हजार ३ सय शेयर पुँजी रहेको छ । एक करोड ५० हजार कर्जा लगानी गर्ने लक्ष्य बोकेको सहकारीले एक करोड २० लाख ८ हजार वचत निक्षेप संकलन गर्ने जनाईएको छ ।

तपाइको मत