स्वच्छता ब्यबहार परिवर्तन गर्न सबै पालिकामा अभियान शुरु
- आइतबार पौष २४ , २०७९
दलबहादुर सुनार, बढैयाताल । बेस बर्दियाले स्वच्छता ब्यबहार परिवर्तन गर्न बर्दियाको ८ पालिकामा अभियान संचालन गरेको छ । वाटर एडको सहयोगमा संचालित सहमिलन परियोजना अन्र्तगत स्वच्छताका आठ ब्यबहार परिवर्तन गर्न बर्दिया जिल्लाको आठ पालिकामा अभियान संचालन भएको हो ।
स्वच्छता ब्यबहार परिवर्तनको अभियानमा तालिम प्राप्त ३ सय ८५ जना शिक्षक, ८ सय ४३ जना स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेबिका मार्फत समुदायका करिब एक लाख ३० हजार नागरिक स्वच्छता सम्बन्धि आठ ब्यबहार परिवर्तनका बारेमा जानकार हुने सस्थाले जनाएको छ । शिक्षक र स्वास्थ्यकर्मीको माध्ययबाट स्वच्छता सम्बन्धि आठ ब्यबहार अन्र्तगत साबुन पानिले धातधुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, खानाको सुरक्षा गर्ने, पानी शुद्धिकरण गर्ने, चर्पिको सरसफाई गर्ने, महिनावारी सम्बन्धि स्वच्छता र पूर्ण कोभिड खोपको मात्रा बढाउने सम्बन्धमा सर्बसाधारण नागरिक जानकार हुने सहमिलन परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत मान बहादुर चौधरीले जानकारी दिनु भएको छ ।
बेस बर्दियाले सथानिय तह, स्थास्थ्य शाखा, र बिद्यालय संग समन्वय गरी स्वच्छता ब्यबहार परिवर्तन सम्बन्धिका बिभिन्न गतिबिधी संचालनगर्दै आएको बताउदै हातधुने पहुँचयुक्तता परिक्षण कार्य सम्पन्न भएको अधिकृत चौधरीले प्रष्ट्याउनु भयो । समुदाय सम्म स्वच्छता ब्यबहार परिवर्तन सम्बन्धि सचेतना पुर्याउने उद्देश्यले संचालित परियोजनाको सहयोगमा आधारभुत स्वास्थ्य केन्द्र र बिद्यालयमा गरी १ सय पाँच स्थलमा सुबिधायुक्त हातधुने ट्यांकी सहितको स्टायाण्ड संचालनमा आएको छ । ३० वटा स्वास्थ्य केन्द्रमा र २० वटा बिद्यालयमा नयाँ थप गरि जम्मा १ सय ५५ स्थलमा पहुँचयुक्त हात धुने स्ट्याण्ड पुर्याउने अधिकृत चौधरीले जानकारी दिनुभयो ।