fbpx

पत्रकार आचार्यलाई माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार

पत्रकार आचार्यलाई माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार


चुरेकुञ्ज, गुलरिया । चुरेकुञ्ज डटकमका सम्पादक एवम् अन्नपूर्ण पोस्ट् दैनिक÷एपीवान टेलिभिजन बर्दियाका संवाददाता यादव आचार्य पुरस्कृत हुनु भएको छ । माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार ०७९ बाट नगदसहित आचार्यलाई पुरस्कृत गरिएको हो ।

नेपाल पत्रकार महासंघ बाँकेको १३ औं साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल, लुुम्विनी प्रदेसका उपाध्यक्ष शुक्रऋषि चौलाचाई तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी सहितको टोलीले आचार्यलाई प्रशंसापत्रसहित नगर हस्तान्तरण गर्नु भएको छ । सोही पुरस्कार बाँकेका कमल खत्रीलाई पनि प्रदान गरिएको छ ।

सञ्चारको माध्यमबाट क्यान्सर रोगबारे जनचेतना जोगाउन पुर्याएको योगदानको मूल्यांकनगर्दै प्रदान गरिएको पुरस्कार प्रति नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष समेत रहेका आचार्यले पुरस्कार प्रदान गर्ने बाँके शाखा प्रति आभार ब्यक्त गर्नु भएको छ । त्यस्तै पत्रकारिता पुरस्कार का संस्थापक नेपालगञ्ज निवासी गोपाल वैरागी, पुरस्कार छनोट समितिका संयोजक हेमन्त कर्माचार्य एवम् सुदिप अधिकारीलाई विशेष धन्यवाद दिनु भएको हो ।

आचार्यले पुरस्कार प्राप्तीपछि कर्मक्षेत्रमा थप जिम्मेवारी थपिएको महशुसगर्दै बधाई प्रदान गर्ने सम्पूर्ण शुभचिन्तक हरु प्रति हार्दिक धन्यवाद प्रकट गर्नु भएको छ । नेपालगञ्जमा आयोजित कार्यक्रममा अन्नपूर्ण पोस्ट् दैनिकको प्रदेश व्युरो समन्वय कार्यालय नेपालगन्जमा कार्यरत प्रेम केसीलाई लियाकत अलि पत्रकारिता पुरस्कार र माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार बर्दिया संवाददाता यादव आचार्यलाई प्रदान गरिएको हो । दुवै पुरस्कारको राशी जनही पाँच पाँच हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार कृष्ण खनाल, चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार रेजिना मल्ल, रामकली राम आधार पत्रकारिता पुरस्कार यदुराज मिश्र, बेलमति स्वास्थ्य पत्रकारिता पुरस्कार प्रेम विक र नन्दलाल साहु, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार विनोद गौतम स्वास्थ्य पेज डटकम, मिशन टुडे दैनिक, जी नेपाल एचडी टेलिभिजन, क्रियाशील पत्रकारिता पुरस्कार विवेक रेग्मी र सुविता थारुलाई प्रदान गरिएको थियो ।

त्यसैगरी अग्रज पत्रकार सम्मान प्रेस स्वतन्तता सेनानी नरेन्द्रजंग पिटर, वासुदेव श्रेष्ठ, गणेश जीसी, लियाकत अलि र पूर्णलाल चुकेलाई प्रदान गरिएको थियो । कोभिडको बेलामा पत्रकारको निःशुल्क स्वास्थ्य परामर्श र चेकजाँच गर्ने फिजिसियन डा.सुवाभ योगीलाई पनि सम्मान गरिएको थियो । साधारणसभाले नेपाल पत्रकार महासंघ बाँके शाखाको सदस्य शुद्धिकरण गर्नेलगायतको १३ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको थियो ।

तपाइको मत