fbpx

बाल अधिकार रक्षार्थ पालिकाको प्रतिबद्धता

बाल अधिकार रक्षार्थ पालिकाको प्रतिबद्धता


दल बहादुर सुनार, बढैयाताल । पालिका स्तरमा बनाएका बाल अधिकार सम्बन्धि ऐन लाई कार्यान्वयन गरि बाल अधिकारको रक्षागर्न बर्दियाका दुई पालिकाले प्रतिबद्धता जनाएका छन् । स्थानिय स्तरमा बाल अधिकार संरक्षण र कार्यप्रबाह गर्न बाँसगढी नगर पालिकाकी उप प्रमुख र बढैयाताल गाउँ पालिकाकी उपाध्यक्षले बाल अधिकारको नीतिगत ब्यबस्थालाई कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके यूनेस्को क्लबको बाल बिवाह, चाडैहुने बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्र्तगत पालिका स्तरिय बाल अधिकार समितिलाई बाल संरक्षण नीति, कानुनी प्राबधान र घटना ब्यबस्थापन सम्बन्धि क्षमता बिकास गर्न दुवै पालिका प्रतिवद्ध भएका हुन् । बाँके यूनेस्को क्बलबका उप निर्देशक महेश नेपाली र जगदिश ंिसङले बाल अधिकार सम्बन्धि महासन्धी, बाल अधिकार सम्बन्धि ऐन २०७५, नियमावली २०७८, सथानिय सरकार संचालन ऐन २०७४ मा बाल बालिका सम्बन्धि भएका ब्यबस्था, बाल अधिकार समितिको काम कर्तब्य, अधिकार र घटना ब्यबस्थापन लगाएतका बिषयमा सहजिकरण समेत गर्नु भएको छ ।

तपाइको मत