fbpx

बार एशोसिएशन बर्दियाको अध्यक्षमा पाण्डे र्निविरोध निर्वाचित

बार एशोसिएशन बर्दियाको अध्यक्षमा पाण्डे र्निविरोध निर्वाचित

चुरेकुञ्ज, गुलरिया । बर्दिया जिल्ला अदालत बार एशोसिएशनको अधिवेशनबाट अधिवक्ता कमल प्रसाद पाण्डे निर्विरोध निर्वाचित हुनु भएको छ । सोमवार सम्पन्न अधिवेशनबाट १३ सदस्यीय कार्य समिति सहित ५ जना केन्द्रिय पार्षद निर्विरोध चयन गरिएको हो ।

उपाध्यक्षमा अधिवक्ता उदयमणी आचार्य सचिव अधिवक्ता दिवाकर शर्मा खनाल, कोषाध्यक्ष अधिवक्ता सुरत बहादुर चौधरी निर्वाचित हुनु भएको छ । महिला सदस्य अधिवक्ता वसुन्धरा ज्ञवाली र खुल्ला सदस्यमा अधिवक्ताहरु विश्वनाथ श्रेष्ठ, देवेन्द्रराज सिग्दल, गोपाल पोख्रेल, विष्णु प्रसाद पाण्डे, बृजमोहन चौधरी, गोपाल रेग्मी, ठाकुरसिंह थारु र कमलप्रसाद गुप्ता निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै केन्द्रिय कार्यकारिणी परिषद सदस्य (पार्षद) मा अधिवक्ताहरु काशीराम चौधरी, देवीदत्त देवकोटा, लक्ष्मी नेपाल, खडानन्द तिवारी र जीवन कुमार शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ ।

तपाइको मत