अन्नपुर्ण बचत तथा ऋण सहकारी बाँसगढीको मुनाफा ६१ लाख
- आइतबार पौष १७ , २०७९
विन्दु चौधरी, बाँसगढी । अन्नपुर्ण बचत तथा ऋण सहकारी सस्थाले एक आर्थिक वर्षमा ५ करोड ९० लाख बराबरको आर्थिक कारोबार गरेको छ । बासँगढी नगरपालिका ४ मटरियामा रहेको सहकारी सस्थाको गत आर्थिक वर्ष ०७८/०७९ मा ५ करोड ८९ लाख ९५ हजार १३२ रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।
संस्थामा गत असार मसान्तसम्ममा सदस्यता लिएका ८ सय ८३ सदस्यहरुको शेयर पुँजी ५८ लाख ९० हजार ४०० रुपैयाँ पुगेको छ भने संस्थाको कुल ऋण लगानी ३ करोड ९० लाख ५० हजार ५ सय ९३ रुपैया छ । त्यस्तै बचततर्फ २ करोड ६३ लाख ७ हजार ४०१ रुपैया रहेको छ । सहकारीले आर्थिक वर्ष ०७८/०७९ मा ६१ लाख ७३ हजार ७ सय ४४ रुपैया मुनाफा गर्न सफल भएको सहकारीका सचिव फणिन्द्र प्रसाद ढुंगानाले बताउनु भयो । सहकारीले सदस्यहरुलाई १३ प्रकारका सेवा सुविधा दिदै आएको छ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सदस्यहरुलाई १३ वटा सुविधाहरु प्रदान गर्दै आईरहको सहकारीका अध्यक्ष कृष्ण प्रसाद बस्तोलाले बताउनु भयो । उहाँका अनुसार संस्थाका शेएर सदस्यहरुको स्वर्गारोहण हुँदा समेत काजकिरिया खर्च २० हजार रुपैया प्रदान गर्दै आएको छ । संस्थाले सुत्केरी भेटघाट कार्यक्रम अन्तरर्गत आमा र बच्चाको सुस्वास्थ्यको कामना अण्डा, हरलिस, भोटो लगाएतका सामाग्री प्रदान गदै आएको छ । त्यसैगरी सदस्यको अचानक मुत्यु भएमा आश्रित परिवारमा हुने क्षति न्यूनिकरण गर्न ऋण सुरक्षण विमा अन्तरर्गत ६४ वर्षसम्मका ५५ जना शेएर सदस्यहरुको ऋण सुरक्षण विमा गरिएको जनाएको छ ।
संस्थाको आर्थिक कारोबार र सेवा क्षेत्रलाई थप फराकिलो बनाउँदै लगिएको संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिनु भएको छ । संस्थाको २५ औं बार्षिक साधारण सभा तथा रजत वर्ष कार्यक्रमका प्रमुख अथिती बाँसगढी नगरप्रमुख खड्क बहादुर खड्काले सहकारी सस्थाले ऋण दिनु ठुलो कुरा भएकोले ऋण तिर्ने आर्यस्रोतमा बढि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सस्थालाई उद्यमशिलतामा बढि लगानी गरी स्वरोजगार सिर्जना गर्न तर्फ जोड दिनुभएको छ ।
जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगानाले सहकारीलाई सवल र सक्षम बनाउन सहकारीका अध्यक्षमा मात्र जिम्मेवार नभएर सम्पुर्ण शेयर सदस्यहरुले जिम्मेवार भुमिका निभाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले गुलरियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी सस्थाको ३३ करोड बचत गरेको र १५ करोड रुपैया सहकारीका संचालकहरुले अपचलन गरेको उदारहण दिनु भयो । सस्थाले विभिन्न ७ विधामा सम्मान तथा पुरस्कार समेत प्रदान गरेको छ । जेष्ठ नागरिक सम्मानमा ३ जना, असल बचत कर्ता ३ जना, बचत परिचालन कर्ता ३ जना, सबै भन्दा बढि बचत कर्ता ३ जनालाई दोसल्लासहित प्रमाण प्रत्रले सम्मान गरेको थियो । त्यसैगरी असल उद्यमी ब्यवसायी कर्ता ३ जना, सबै भन्दा बढि बाल बचतकर्ता ३ जना र एसईईमा सामुदायिक विद्यालय र निजी विद्यालय गरी १÷१ जना विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।