fbpx

सरकारको आयु लामो छैनः काँग्रेस प्रवक्ता महत

सरकारको आयु लामो छैनः काँग्रेस प्रवक्ता महत

यादव आचार्य, गुलरिया । शुद्ध अवसरको लागि मात्र भएको गठबन्धनबाट निर्मित सरकारको आयु लामो नरहेको नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्व मन्त्री प्रकाश शरण महतले बताएका छन् । नेपाली काँग्रेस बर्दियाले आयोजना गरेको ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित विचार गोष्ठिका प्रमुख अतिथी महतले नेपाल प्रेस युनियन बर्दियाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गठबन्धन भित्रकै बिरोधाभाषताका कारण सरकारको आयु छोटिने दाबी गरे ।
सरकारमा सहभागी दलहरुको सिद्धान्त, बिचार नभई अवसरको प्रतिस्पर्धा भैरहेकोले वर्तमान सरकारले नेपाली जनताको अपेक्षा अनुसार काम गर्न नसक्ने जिकिर गरे । बिविध कोणमा बिचार राख्ने पार्टीहरु शुद्ध सरकार र पदको लागि एक ठाउँमा उभिएको बताउँदै अहिलेको सरकारमा गणतन्त्र, राजतन्त्र, संघीयताको पक्ष र विपक्ष, संविधान मान्ने, नमान्ने सबै पार्टीको गठजोरबाट सरकार बनेको स्मरण गराए । नो नट अगेन भन्ने नारा दिएर ठूला कुरागर्दै अहिलेको नेतृत्व कामछैन भन्नेहरु सरकारमा सामेल भएको उनको आरोप छ ।

पदको बार्गेनिङ गर्नेहरु महत्वकांक्षा र पदको लागि जेपनि गर्न सकिन्छ भन्ने मान्यताका आधारमा गठबन्धन बनेको प्रवक्ता महतको भनाई छ । पद र शुद्ध अवसरको लागि मात्र गठबन्धन बनेको प्रष्ट्याउँदै बिगतमा धोकाबाट पाठ सिकेकाले संविधानलाई कमजोर गर्ने शक्तिसँग गठजोर हुँदैन भन्ने बचनबद्धता तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वैकल्पिक गठबन्धनमा गएपछि नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने परिस्थिति श्रृजना भएको स्मरण गराए ।

गठबन्धनको निरन्तरताको शुभकामनादिँदै नेता महतले बार्ता टोलीमा बसेका साथीहरुले प्रचण्डको बैकल्पिक सोंचका साथ अन्य पार्टीसँग समानान्तर बार्ताको समयमै यकिन मूल्यांकन गर्न नसक्दा गठबन्धन टुटेको प्रष्ट्याए । नेपाली काँग्रेस पार्टी सरकारमा नगएको अवस्थाले नेपाली काँग्रेसका आम कार्यकर्ताहरुमा निराशा जस्तो देखिएपनि पार्टीलाई मजवुतका साथ संगठन, बिचार र निति केन्द्रित गरी अघि बढ्ने अवसर मिल्ने विस्वास दिलाए ।

नेपाली काँग्रेस बर्दिया जिल्ला सभापति अरुणप्रकास सिंह राठौरको अध्यक्षमा आयोजित बिचार गोष्ठिमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री गोपाल दहित, केन्द्रिय सदस्य एवम् संघीय साँसद संजयकुमार गौतम, संघीय सांसद जावेदा खातुन, लुम्विनी प्रदेस साँसद भुवनेश्वर चौधरी लगायत पार्टीका जिल्ला, प्रदेस स्तरका नेताहरुले बिचार राखेका छन् । नेपाल प्रेस युनियन बर्दिया शाखाका उपाध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको हो ।

तपाइको मत