fbpx

बढैयातालमा बाल बिवाह न्यूनिकरण अभियानमा तिब्रता

बढैयातालमा बाल बिवाह न्यूनिकरण अभियानमा तिब्रता


दलबहादुर सुनार, बढैयाताल । आवाज बर्दियाले बढैयातालमा बाल विबाह न्यूनिकरणको अभियान लाई तिब्र पारिएको छ । आवाज बर्दियाले बाल विवाह र जर्बजस्ती हुने विवाह लगायत यौन हिंसा, दुव्र्यवहार र मानब बेचविखन जस्ता घटना निर्मुल गर्ने उद्देश्यले अभियान लाई तिब्र पारेको हो ।

एकपात लक्जम्बर्गको आर्थिक सहयोगमा आवाज संस्थाले पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादब आचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सन् २०२० देखि २०२२ सम्म बाल बिवाह न्यूनिकरण, बालयौन दुब्र्यवहार लगाएत हिंसाजन्य घटनाबाट बच्न र बचाउनका लागि संचालित बिभिन्न कार्यक्रमवाट जोखिममा परेका र संभावित जोखिममा रहेका करिब ११ सय ४० जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएको सस्थाले जनाएको छ ।

संकल्प परियोजनाको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा आवाजका क्षेत्रिय संयोजक चेतन गिरीले बालबालिकाको क्षेत्रमा आवाजले पुर्याएको योगदानको बारेमा चर्चागर्दै बालबिवाह मुक्त समाजको परिकल्पना गर्ने हो भने राज्य, सरोकार वाला निकाय, पत्रकार, नागरिक समाज, परिवार सबै प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ । बाल बिवाह रोकथाम तथा न्यूनिकरण अभियान लगायत हिंसा तथा जोखिममा परेका बालबालिकाको उद्धारपछि राख्ने सेफ हाउस बढैयाताल गाउँपालिकामा नभएको उहाँले बताउनु भएको छ ।

उद्धारमा खटिने अभियन्ता माथिनै धम्की आउने, बनेका कानुनको प्रभाबकारी कार्यान्वयन नहुनु स्थानियतह वाट बजेट बिनियोजन नहुनु जस्ता चुनौति रहेको उहाँको भनाई छ । सस्थाले दुई वर्षको अबधिमा ९० जनालाई आपतकालिन सहयोग, २५ जना लाई पुनस्र्थापना गरेको, हिंसा प्रभावित १५० जना लाई फ्लोअफ, १५० जनालाई मनोबिमर्श, सय जनालाई पारिवारिक मनोबिमर्श, ६० जनालाई कानुनी परामर्श, ३० जना लाई कानुनी प्रकृयामा सहयोग संस्थाले गरेको छ ।

बिद्यालय छाडेका १२० जना लाई शैक्षिक सहयोग, बालसुलभ केन्द्रका ९० जना बालबालिका लाई राहत तथा १२० जनालाई स्वास्थ्य समाग्री सहयोग, कोरोना संक्रमित १५० जनालाई स्वास्थ्य सामाग्री सहयोग तथा मनोबिमर्श सेवा, आर्थिक रुपमा बिपन्न ६० जनालाई राहत लगाएतको सेवा प्रदान गरिएको उहाँले बताउनु भयो । सस्थाले कार्यक्रम संचालन गरे पश्चात बाल विवाह अन्त्यका लागि समुदाय नै अग्रसर भएर काम गरिरहेको, समुदायमा ३ वटा युवा समुह, ३ वटा भाई समुह, ३ वटा बाल क्लव, ३ वटा निगरानी समुह २ वटा धार्मिक गुरुहरुको समुह, ६ वटा वुहारी समुह निर्माण भएका छन् ।

क्षमता विकास र स्व—परिचालन भएका छन् भने कार्यक्षेत्रका वडा बाल अधिकार समितिले बाल बालिकाका एजेण्डालाई तिब्र पारेको आवाज बर्दियाले जनाएको छ । सुनगाभा होटल बढैयातालमा भएको पत्रकार सम्मेलनमा बिभिन्न मिडियामा आवद्ध बर्दियाका ७ जना पत्रकार आवाज सस्थाका कर्मचारी लगाएको सहभागिता रहेको आवाज बर्दियाका संयोजक धर्मराज चौधरीले जानकारी दिनुभयो ।

तपाइको मत