fbpx

बाल साहित्य सायरी

बाल साहित्य सायरी

यप्रान्स पौडेल, कक्षा ७, त्रिशक्ति माध्यमिक विद्यालय कमलपुर, गुलरिया, बर्दिया ।

(१)
वरिपरि डाँडा छ, बिचमा मेरो गाउँ
घुम्न आउँ है मेरो, बर्दिया भन्ने ठाउँ ।
(२)
लडाइ झगडा नगर्नु है, अकालमै जान सक्छ ज्यान
भविष्यमा ठुलो मान्छे बन्न, पढाईमा दिनुपर्छ ध्यान ।
(३)
हामीले सधैँ गर्नुपर्छ, हाम्रो कर्तब्य पुरा
पढाई नै हो हाम्रो जिवनको, सबैभन्दा महत्वपूर्ण कुरा ।
(४)
हामीले राम्रो राम्रो कुरा, सिक्नुपर्छ भन्छ उसले
नयाँ नयाँ कुरा सिकाउनु हुन्छ, निर्मला मिसले ।
(५)
भगवानले मलाई साथ दिन्छन्, मैले माग्छु शक्ति
सायरी लेख्ने विद्यार्थीको विद्यालय हो, श्री त्रिशक्ति ।

तपाइको मत