fbpx

गुलरिया ६ नम्वर वडाको बालक्लवलाई खेलकुद सामाग्री

गुलरिया ६ नम्वर वडाको बालक्लवलाई खेलकुद सामाग्री

मुरली गोडिया, गुलरिया । कुनै पनी वालवालीका खेलबाट बन्चित नहुन भन्ने उद्देश्यले बाल क्लबलाइ खेलकुद सामाग्री प्रदान गरिएको छ । गुलरीया नगरपालिका वडा नम्वर ६ को बाल क्लवका बालबालीकालाइ खेलकुद सामाग्री हस्तान्तरण गरीएको हो ।

वडामा रहेको बाल क्लबका वालवालीकाहरुलाइ खेलकुदको सामग्री प्रदान गरेको गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शुधांशु प्रकाश शर्माले जानकारी दिनुभयो । बाल क्लबलाइ फुटबल ५ थान, बुट १६ थान, टिसर्ट १६ थान सहित मोजा, पन्जा र नेट गरी करीब १ लाख बराबरको खेलकुद सामाग्री सहयोग गरीएको वडा अध्यक्ष शर्माले जानकारी दिनुभयो । बालबालिकालाई संगठीत गर्दै दुइ बर्षमा फुटबल टिम निर्माण गरि आउदो ५ बर्षमा करीब २ जना बालबालीका एन्फाका लागी खेल्न सक्ने खेलाडी तयार गर्ने आफनो चाहना रहेको शर्माले उल्लेख गर्नु भएको छ ।

बालबालिकालाई आवश्यक खेल समाग्री वितरणको कार्य भबिष्यमा निरन्तरता पाए खेलाडीहरुमा खेल प्रति उर्जा थपिने गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले बताउनु भयो । देशमा र बिश्वमै बालवालीकाले आफनो र देशका नाम स्थापित गर्न नगरप्रमुख यादवले शुभकामना व्यक्त गर्नु भएको छ । खेलकुद सामाग्रीले खेलप्रति थप उर्जा मिलेको भन्दै टिमले अभ्यासको मात्रामा बृद्धि गर्ने र अग्रजबाट पाएको सुझावलाइ सधै शिरोधार्य गरी अघि बढ्ने गुलरिया ६ अन्तर्गतको बाल क्लबका अध्यक्ष संजोग आचार्यले बताउनु भयो ।

तपाइको मत