कोरोना कहरकाविच राष्ट्रपति रनिङशिल्ड शुरु
- शनिबार बैशाख ४ , २०७८
चुरेकुञ्ज, बर्दिया । कोरोना कहरका विच १२ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता बर्दियामा शुरु भएको छ । प्रदेस स्तरिय खेलकुदमा विद्यालयहरुबाट छात्र छात्रा छनोटका लागि प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा बर्दियाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका र गेरुवा तथा बढैयाताल गाउँपालिकाका विद्यालयहरु सहभागी रहेको आयोजक कोटही माध्यमिक विद्यालय तुलापुर, गुलरियाका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर रावलले बताए । प्रतियोगितामा एथलेटिक्सका १३ वटा खेल, मार्शल आर्ट अन्र्तगत उसु, तेक्वान्दो र कराँते, भलिवल, कवड्डी लगायतका विधामा प्रतिस्पर्धा हुनेछन् ।

बर्दियाको गुलरिया स्थित खेलकुद मैदानमा शनिवार देखि शुरु भएको खेल सोमवार सकिदैछ । विद्यालयबाट खेलकुद प्रतियोगिताको खोजीगर्दै प्रतिभाको संरक्षण, संबद्र्धन र प्रर्बद्धन गर्ने लक्ष्य खेलकुदको छ । राष्ट्रनिर्माण एवम् विकासमा खेलाडीहरुको भूमिकालाई सवल, सक्षम एवम् प्रभावकारी बनाउन स्थानिय, प्रदेस र संघीय स्तरमा विभिन्न प्रतियोगिता संचालनगर्दै राष्ट्रमा योगदान पुर्याउन सक्ने खेलाडी तयार पार्ने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता निर्देशिका ०७० मा उल्लेख रहेको प्रअ रावलले प्रष्ट्याए ।
दोस्रो चरणको कोभिड महामारी बढीरहेका बेला खेलकुदको अन्तिम तैयारी पूरा भैसकेकाले स्वास्थ्य मापदण्ड पालनागर्दै भिडभाड नगरी प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।