fbpx

शान्ति पुर्नस्थापना केन्द्र गुलरियाका बालवालिकालाई खेलौना

शान्ति पुर्नस्थापना केन्द्र गुलरियाका बालवालिकालाई खेलौना

चुरेकुञ्ज, गुलरिया । युनिसेफ नेपाल र स्थानियतहको सहकार्यमा सिद्धार्थ बिकास केन्द्र कपिलवस्तुले बालवालिकालाई खेलौना हस्तान्तरण गरेको छ । बर्दियामा संचालित शान्ति पुर्नस्थापना केन्द्रमा आश्रय लिने सेवाग्राहीका बालवालिकालाई खेल सामाग्री अन्र्तगत रिक्रिएसनल किट हस्तान्तरण गरिएको छ ।

गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमले संस्थालाई किट हस्तान्तरणगर्दै सिद्धार्थ बिकास केन्द्रले बाल मनोविज्ञानमा गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो । खेल सामाग्री मार्फत टुहुरा तथा पिडित बालवालिकालाई खेल्ने, भुल्ने तथा मनोवैज्ञानिक समृद्धिमा टेवा पुग्ने उहाँको भनाई छ । जिल्ला स्थित विभिन्न बाल क्लव लगायत सेफ हाउसहरुमा यस्ता सामाग्रीहरु उपलब्ध गराउन उपप्रमुख गौतमले आग्रह गर्नु भएको छ ।

संस्थाले १२ वटा जिल्लामा संचालित कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्र्तगत शान्ति पुर्नस्थापना केन्द्र गुलरिया बर्दियालाई खेलौना किट उपलब्ध गराएको सिद्धार्थ सामाजिक बिकास केन्द्र बर्दियाकी संयोजक संगिता थापाले बताउनु भएको छ । पेन्सिल, पज्जल, फूटवल, स्किपिङ डोरी लगायतका ३६ प्रकारका खेलौनाहरु उपलब्ध गराएका छौं ।

शान्ति पुर्नस्थापना केन्द्रले सेफ हाउस संचालन गरेको केन्द्रकी संयोजक सपना शर्माले जानकारी दिनुभयो । बढैयाताल गाउँपालिकाको कण्ठपुर, लौकाही सीमानाका, गुलरिया नगरपालिकाको सुरजपुर र मधुवन नगरपालिकाको धनौरा सिमानामा परामर्श डेस्क स्थापना गरी भारत जाने युवायुवतीहरुलाई सोधपुछ, परामर्श लगायत उद्धारगर्दै आएका छौं । उहाँले भन्नुभयो श्रावण महिनादेखि मंसिर सम्म महिला, पुरुष, बालवालिका गरी १ हजार ९० जनालाई परामर्श दिएका छौं । गत बर्ष ४२ जनाको उद्धार गरेको केन्द्रले यसवर्ष पुष महिना सम्ममा १६ जनाको उद्धार गरेको संयोजक शर्माको भनाई छ ।

मानव बेचविखन विरुद्धको अभियान अन्र्तगत स्थापित सेफ हाउसमा उद्धार गरिएका महिलाहरुलाई आवासिय सेवा, मनोवैज्ञानिक परामर्श लगायत निशुल्क कानूनी परामर्श र सहायता उपलब्ध गराउँदै आएको छ । आश्रय लिईरहेका महिलाहरुका साथमा रहेका बालवालिकालाई खेल सामाग्रीले ठूलो सहयोग पुग्छ । आमाको साथमा साना बालवालिका पनि सेफ हाउसमै आउने भएकाले खेल सामाग्रीले लाभ हुने शर्माको भनाई छ ।

तपाइको मत