fbpx

नगदेबाली र तरकारी खेतीमा महिला कृषक समूह आर्कषित

नगदेबाली र तरकारी खेतीमा महिला कृषक समूह आर्कषित


मिन अधिकारी, राजापुर । कर्णाली महिला कृषक समूहले नगदे वाली र तरकारी खेतीमा उल्लेख्य प्रगतीगर्दै गैरहेका छन् । राजापुर नगरपालिका १ हिमालीपुरमा रहेको कर्णाली महिला कृषक समुहले तेलहन वाली र आलु उत्पादनमा सक्रियता देखाउदै सफलता हात पारेको छ ।

विक्रम सम्बत् २०७१ सालमा स्थापना गरिएको महिलाहरुको समूह मार्फत नगदे वालीको उत्पादनबाट दिन प्रतिनदिन समूहका सदस्यहरु आत्मनिर्भरता तर्फ अघिबढ्दै गैरहेका छन् । एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपालको संयुक्त आर्थिक सहयोगमा ग्रामिण क्षेत्रका महिलाहरु सफल कृषि उद्यमी बन्दै गएका हुन् । ३२ जना समूहका सदस्यहरुले मासिक जनही ५ रुपैया संकलन गरी दर्ता गरिएको समूहलाई एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपालले तरकारी खेतीका लागि घुम्ती कोष मार्फत २ लाख नगद र प्राविधिक सहयोग उपलब्ध गराएपछि समूह फस्टाउँदै गएको छ ।

समूहले थोरै विउ पूजीबाट सुरु गरिएको खेती मार्फत आर्थिक अवस्था सुध्रदै गएको समूहकी सचिव निलम विकले वताउनु भयो । समूहमा जनही सदस्यले सरदर मासिक ४ हजार नाफा रकम वाँड्ने गरेको बताउदै समूहकी अध्यक्ष गुलेली चौधरीले स्थानीय सरकारले आफ्नो समूहलाई आर्थिक प्राविधिकसँगै कृषि विउँ मल र उपकरण उपलब्ध गरेमा राम्रो आम्दानी गर्न सक्ने दावी गर्नुभएको छ । एक्सन एड नेपाल र कमैया महिला जागरण समाज नेपालको परियोजना अन्तर्गतका राजापुर नगरपालिका वडा नं. ४ मा रहेको संस्कृति महिला समूहलाई ७ लाख वरावरको मिल उपलब्ध गराईएको छ ।

वडा नं. ५ मा रहेको युवा वखेरी समूह र वडा नं. २ मा रहेको नवज्योति प्राविमा संचालित वाल विकास कक्षाको अनुगमन गरिएको छ । अनुगमनमा क्रममा नगरउपप्रमुख मनकला कुमारी चौधरी, वडाध्यक्ष विदु पोख्रेल, संस्थाकी अध्यक्ष विस्नी थारु, परियोजनका फिल्ड सुपरभाइजरहरु, सञ्चारकर्मी लगायतको सहभागीता थियो । समूहलाई सहयोग गरेका सस्थाहरुले अनुकरणीय काम गरेको भन्दै उपप्रमुख मनकला कुमारी चौधरीले धन्यवाद दिनु भएको छ ।

तपाइको मत