fbpx

बढैयातालका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

बढैयातालका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण


दलबहादुर सुनार, बढैयाताल । ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणगर्दै बृद्ध सत्संग समुह आश्रम बढैयातालले १८ औ बार्षिक उत्सब मनाएको छ । पशुपति शान्ति शिवालय सुदामा बृद्ध सत्संगं समुहले बार्षिकोत्सबको अवसरमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरणगर्दै बार्षिक उत्सब मनाएको हो ।

बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको बिशेष आतिथ्यतामा बढैयाताल गाउँपालिका वडा नं ८ अन्र्तगत रहेका ज्येष्ठ नागरिकको परिभाषा भित्र परेका १ सय २८ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ । सुदामा आश्रमका अध्यक्ष टुकराज घिमिरेको अध्यक्षता तथा बढैयाताल गाउँपालिका वडा नं ८ को आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको आश्रमले जनाएको छ ।

बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडी, वडा न ८ का अध्यक्ष तेजनाथ पौडेल, पशु सेवा कार्यालय बढैयातालका प्रमुख अशोक उपाध्याय, साना किसान कृषि सहकारी संस्था लिमिटेड कालिकाका अध्यक्ष हरिबहादुर अधिकारी, वडा सदस्यहरु, ज्येष्ठ नागरिक जिल्ला संघका सचिब यदुनाथ शर्मा, कोषाध्यक्ष नरेन्द्रराज लम्साल, पार्टी प्रतिनिधी, संघ सस्थाका प्रतिनिधि, ज्येष्ठ नागरिक लगाएत करिव एक सय पचास जनाको उपस्थिति कार्यक्रममा रहेको थियो । कार्यक्रममा कमला सापकोटाले स्वागत मन्तब्य र पबित्रा अर्यालले कार्यक्रम संचालन गर्नु भएको सस्थाले जनाएको छ ।

तपाइको मत