जन्मोत्सवका अवसरमा राजापुरका दृष्टिविहिनहरुसँग सहभोज
- बुधबार पौष १३ , २०७९
मिन अधिकारी, राजापुर । राजापुर नगरपालिका वडा नं. ८ का समाजसेवी एवम् निवर्तमान वडा अध्यक्षले आफ्नो जन्मोत्सव दृष्टिविहिनहरुसँग सहभोजको आयोजना गरी मनाउनु भएको छ । निवर्तमान वडाध्यक्ष चिन्तामणी आचार्यले वडा भित्रका दृष्टिविहिन स्थानीयसँग आफ्नो जन्मदिनमा सहभोजगर्दै जन्मोत्सव मनाउनु भएको हो ।
विक्रम सम्बत् २०६३ सालदेखि राजापुरमा वसोवासगर्दै आउनु भएका आचार्य छोटो समयमै लोकप्रियतान्मुख हुनु भएको छ । विभिन्न समयमा सामाजिक सेवागर्दै आउनु भएका उहाँले वडा भित्र रहेका दृष्टिविहिनसँग संयुक्त रुपमा भोजन गराइ जन्म दिन मनाउन पाएकोमा खुशी ब्यक्त गर्नु भएको छ । आउँदा दिनहरुमा पनि आफुले गर्ने फजुल खर्च कटाएर दु:खी, असहाय व्यक्तिहरुलाई सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।