fbpx

किशोर किशोरी प्रजनन् स्वास्थ्य अधिकारमा बिद्यार्थीको भूमिका

किशोर किशोरी प्रजनन् स्वास्थ्य अधिकारमा बिद्यार्थीको भूमिका

दिपाशा थापा । बाल्यावस्था र वयस्क बिचको एक संवेदनशील अवस्थालाई किशोर किशोरी अवस्था भनिन्छ । यस्तो अवस्था वयस्कको संघारको अवस्था हो । विश्व स्वास्थ्य संगठन अनुसार मानव जीवनको १०–१९ वर्ष सम्मको उम्मेरलाई किशोर किशोरी भनिन्छ । जुन अवस्थामा किशोर किशोरीहरुमा परिपक्कता देखापर्दछ । किशोर किशोरीहरुमा प्राथमिक तथा गौण विशेषताहरु देखा पर्छन् । फलस्वरुप किशोर किशोरीहरुमा शारीरिक, मानसिक, संवेगात्मक र समाजमा समेत विभिन्न परिवर्तनहरु देखा पर्दछन् । यस्ता परिवर्तनका बारेमा हामीलाई जानकारी हुन धेरै आवश्यक छ ।

किशोर किशोरीहरुमा देखिने यौन तथा प्रजनन् स्वास्थ्यका अधिकारलाई प्रजनन् स्वास्थ्य अधिकार भनिन्छ । जुन अधिकार विश्वव्यापी रुपमा महत्वपूर्ण तत्वका रुपमा लिईन्छ । हरेक मानिसले आफनो स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा सहभागी हुन् पाउने देखि लिएर बच्चा जन्माउने कि नजन्माउने, कहिले जन्माउने र शिशु जन्मिसकेपछि शिशुको पालन पोषण कसरी गर्ने भन्ने बारेमा हामीलाई जानकारी हुनु अत्यन्तै जरुरी छ । परिवार नियोजन, एच.आइ.भी एड्स तथा विभिन्न यौन सम्बन्धी रोगहरु र सुरक्षित गर्भपतन सम्बन्धी सचेतना र सल्लाह सुझावहरु उपलब्ध गराउने नेपाल सरकारले हामीलाई किशोर किशोरीमैत्री स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । किशोर किशोरीमैत्री स्वास्थ्य सेवा प्रदान नगरेको स्वास्थ्य संस्थाहरुमा पनि सरोकारवाला निकायहरुले आवस्यकता अनुसार विभिन्न जानकारी र सेवा प्रदानगर्दै आइरहेका छन् ।

महिला तथा बालबालिका कार्यक्रम, महिला कानुन तथा विकास मञ्च यस्ता निकायहरुले पनि यौन तथा प्रजनन् स्वास्थ्य जिवन निर्वाहका लागि विभिन्न योगदान पुरयाउदैँ आइरहेको छ । हाम्रा लागि पनि कानुन अधिकारमुखी बनाइएको छ । यस्ता अधिकारहरु बनाउदा पनि हाम्रो देशमा बालविवाह भइरहेको पाईन्छ । कुनै पनि कानुनको राज्यले विवाह गर्न भनि तोकिएको उमेर भन्दा अगावै वा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ । कुनै पनि देशले विवाह गर्नका लागि उपयुक्त उमेर तोकेको हुन्छ । नेपालको ऐन कानूनमा विवाह गर्नका लागि २० वर्षको उमेर तोकिएको छ । नेपालमा २० वर्ष भन्दा कम उमेरमा गर्ने बालविवाह गैरकानुनी हो । बालविवाहले गर्दा मानिसहरुलाई शारीरिक, मानसिक र शिक्षा प्राप्त गर्ने अवसर र थुप्रै रहरहरु गुमाउनु पर्ने हुन्छ । बालविवाहका कारण मानिसहरुलाई झन्झट र शिक्षा रोजगारीमा नकारात्मक प्रभाव पार्छ । बालविवाहका कारण मानिसहरमा विभिन्न यौन स्वास्थ्य सम्बन्धी समस्याहरु देखा पर्छ । यसको कारण मानिसहरुमा शारीरिक, मानसिक र शैक्षिक अवसर लगायत ईच्छा, आकांक्षा, रहरहरु सबै गुमाउनु पर्छ ।

बालविबाहका कारण मानिसहरुमा विभिन्न समस्याहरु देखापर्छ । सानैमा विवाह गर्दा आमा शिशुको ज्यान जोखिममा हुन्छ । सानैमा घर परिवार सम्हाल्ननु पर्छ । सानैमा विवाह गर्दा झगडा हुन्छ तिनिहरुको डिभोर्स पनि हुन सक्छ । सानैमा गर्भवती हुँदा विभिन्न समस्याहरु देखापर्छन् । उमेर नपुगी गर्भवती हुँदा विभिन्न दुखाई सहन नसकी आमाको मृत्यृ हुन सक्छ । बालविवाहको कारण छोरीहरुको सानैमा विवाह गर्दा पुण्य प्राप्त हुन्छ भनि छोरीहरुको सानैमा विवाह गरिदिने प्रचलनहरु पाईन्छन् । बाबा र आमाले घरमा काम गर्ने मानिसहरुको सङख्या बढछ् भनि छोराहरुको सानैमा विवाह गर्दिन्थे । पछि गएर केटा पक्षले धेरै दाइजो माग्छन् भनि सानैमा विवाह गरिदिन्थे । हाम्रो समाजमा भएका कुप्रथाहरु जस्तै छोरीको सानैमा विवाह गर्दा बाबा आमाको स्वर्गमा बाँस हुन्छ भन्ने यस्ता कुप्रथाहरु हटाउनु पर्दछ । गरिबिको कारण पनि बालविवाह हुन्छ । बाबा र आमा अशिक्षित भए भने पनि बालविवाह हुन्छ ।

बालविवाह न्यूनिकरणका लागि विद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । विद्यार्थीहरुले आफुले पढेका कुरा आफैले अनुसरण गर्ने र अरुलाई पनि भन्ने गीत, कविता, र नाटकद्वारा बालविवाह गर्दा के हुन्छ, के कारण बालविवाह हुन्छ भन्ने सञ्चारहरु बाट पठाउने, विद्यार्थीहरुले बालविवाह गर्नु हुदैन् भनि जुलुस गर्ने, विद्यार्थीहरुले विभिन्न प्रतियोगिता राख्दै बालविवाह गर्दा के हुन्छ भनि सबैलाई बताउने, गाँउ सहरमा बालविवाह गर्नु हुदैन् भन्दै कार्यक्रम गर्ने, आफुले बुझेको बालविवाहको बारेमा सबै कुरा आफ्नो परिवार, छरछिमेक, साथीहरु, आप्mन्तहरुलाई सकेसम्म शेयर गर्ने, बालविवाह गर्दा विभिन्न समस्याहरु आउन सक्ने कुरा बताउने, यौन तथा प्रजनन् स्वास्थ्यमा पर्ने असरका बारेमा कुराकानी गर्ने गर्नुपर्छ । हामीले हाम्रो समाजमा रहेको कुप्रथाहरु हटाउदै जानेतर्फ प्रेरित गर्नुपर्छ । बालविबाह न्यूनिकरणका लागि विद्यार्थीको भुमिकाहरु यही हो ।

थापा बगलामुखी राधाकृष्ण थारु माध्यमिक बिद्यालय गुलरिया, बर्दियाको कक्षा ८ (ए) मा अध्ययनरत छात्रा हुनुहुन्छ ।

तपाइको मत