fbpx

बढैयातालका बाढी प्रभावितलाई खाद्यान्न राहत बितरण

बढैयातालका बाढी प्रभावितलाई खाद्यान्न राहत बितरण


दलबहादुर सुनार, बढैयाताल । बढैयातालका बाढी प्रभाबितलाई बढैयाताल ९ स्थित १५ बिगाहमा राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गरिएको छ । टेवा काठमाण्डौको आर्थिक सहयोगमा जनजागरण महिला संघ बर्दियाले पालिका अन्तरगत वडा नम्बर ८ र ९ का बाढी प्रभाबितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।

राहत बुझेका ५ जना अपांगता भएका ब्यक्ति सहित २८ जना लाभान्वित भएका छन् । बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मि अधिकारी, न्यायिक समितिका सदस्य लक्ष्मि डि.सी., वडा न. ९ का अध्यक्ष बिर बहादुर चौधरी, पुर्ब कार्यपािलका सदस्य जित बहादुर सुनार, अन्य जनप्रतिनिधि र स्थानियको रोहबरमा प्रति ब्यक्ति २५ किलो चामल, २ किलो दाल, २ पोका नुन, २ लिटर तेल र २ वटा हात धुने साबुन सहितका खाद्यान्न सामाग्री बितरण गरिएको संघले जनाएको छ ।

संधकी अध्यक्ष गोमा पौडेलको अध्यक्षतामा बितरण गरिएको राहत सामाग्री बाट ५ जना अपांगता भएका ब्यक्ति सहित वडा नं ९ का २२ र वडा न. ८ का गरि जम्मा २८ जना लाभान्वित भएको जागरण संघका राज बहादुर क्षेत्रीले बताउनु भएको छ ।

तपाइको मत