बसन्त साना किसान सहकारीको लक्षित बजेट २५ करोड
- शनिबार पौष ९ , २०७९
मिन अधिकारी, राजापुर । बसन्त साना किसान कृषि सहकारी संस्था लिमिटेड राजापुरले साधारण सभा सम्पन्न गरेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ बदालपुरमा ०७१ सालमा स्थापना भएको सहकारीले आपनो ८ औँ साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाको कुल पूँजि २२ करोड ६९ लाख ८५ हजार र आम्दानी ४८ लाख ५२ रहेको प्रगति प्रतिवेदन अध्यक्ष प्रतिमा चौधरीले प्रस्तुत गर्नुभएको थियो । आगामी आर्थिक वर्षमा २५ करोडको लक्ष्य सहितको कार्ययोजना बनाएर अगाडी बढी रहेको सहकारीकी प्रबन्धक माया बोहोराले जानकारी दिनुभएको छ । राजापुर नगरपालिकाको उपप्रमुख मनकला कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सुरु गरिएको ८ औँ साधारण सभाको उद्घाटन शत्रमा जेष्ठ महिला शेयरसदस्य, एकल महिला सदस्य, सफल व्यापारि, कर्जा लगानी लगायत शेयर सदस्यका एसईईमा उत्कृष्ट नतिजा ल्याएर पास भएका २ जना बालबालिका सहित ३२ जनालाई दोसल्ला र पुरस्कारले सम्मान गरिएको छ ।
संस्था स्थापना कालदेखि विभिन्न समयका सहयोग गर्दै आउनु भएका २ जना व्यक्तिलाई नगर उपप्रमुख मनकला कुमारी चौधरी र किसान सहकारी बैँक नेपालगञ्जका प्रबन्धक शेयर बहादुर चौधरीलाई कदर पत्र सहित सम्मान गरिएको छ । कार्यक्रमलाई सम्बोधनगर्दै उपप्रमुख चौधरीले सहकारीले कृषि, पशु व्यवसायमा सहयोग गर्दै विकास निमार्णमा महत्वपुर्ण भुमिका रहेकोले सहकारीलाई सहयोग गर्न स्थानिय सरकार लागि परेको बताउनु भएको छ ।
उहाँले सहकारीको क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख चौधरी, विशिष्ट अतिथि ५ नम्वर वडाका वडाध्यक्ष रमेश चौधरी, कृषि केन्द्रिय संघका उपाध्यक्ष पुर्ण शर्मा, जिल्ला सहकारी संघका सचिव डम्मर के.सी., किसान सहकारी बैँक नेपालगञ्जका प्रबन्धक शेयर बहादुर चौधरी र विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, शेयर सदस्यहरु लगायत स्थानियको सहभागीता रहेको थियो । ,