प्रथम भेट्रान कप फुटबलको उपाधी नेपालगंजले चुम्यो
- शनिबार पौष ९ , २०७९
दलबहादुर सुनार, बढैयाताल । प्रथम भेट्रान कप २०७९ फुटबल प्रतियोगिताको बिजेता नेपालगंज बनेको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ मयूर यूवा क्लबको खेल मैदान बढैयाताल ८ नयाँ बस्तिमा भएको फूटवल प्रतियोगिताको फाईनल खेलमा प्रतिस्पर्धी टिम बर्दियाको मधुबन नगरपालिकालाई ४–३ गोल अन्तरले पराजितगर्दै नेपालगंज बिजेता बनेको हो ।
नेपालगंज र बर्दियाको मधुबन नगरपालिका बिच बुधवार भएको फाईनल खेल निर्धारित समयमा दुबै टिमवाट गोल नभई बराबरीमा सकिएपछी पेनाल्टी शुटमा मधुवनलाई पराजितगर्दै नेपालगंज बिजेता बनेको हो । मधुबन उप बिजेता बनेको छ । नेपालगंजले शिल्ड सहित नगत रु २० हजार र उपबिजेता मधुबनले रु १० हजार र शिल्ड प्राप्त गरेका छन् । बाँकेको नेपालगंज र बर्दियाका ७ पालिका सहित ८ टिमले भाग लिएको उक्त प्रतियोगितमा खेलाडीको उमेर हद ३५ बर्ष भन्दा माथि रहेको जनाईएको छ ।
मयूर युवा क्लब र कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयातालको संयुक्त आयोजनामा यहि मंसिर २४ गते उद्धघाटन भएको खेलको मुख्य प्रायोजक राधाकृष्ण राईस मिल बढैयाताल ७ राजापुर रहेको खेल संयोजक शमसेर मल्लले जानकारी दिनु भएको छ । कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केद्रका अध्यक्ष सुन्दरमान श्रेष्ठको अध्यक्षता र बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमख आतिथ्यमा भएको प्रतियोगितको मुख्य रेफ्रिमा सुदिप घर्ति, सहायक रेफ्रिमा लक्ष्मण घर्ति र शिव अधिकारीले भुमिका निर्वाह गर्नु भएको थियो ।
समापन कार्यक्रममा बढैयातालका उपाध्यक्ष लक्ष्मि अधिकारी, ८ न वडाका अध्यक्ष तेजनाथ पौडेल, शुभकामना एकेडमीका प्रिन्सिपल संजय श्रेष्ठ, जिल्ला फुटबल संघ बर्दियाका अध्यक्ष अजितराज भण्डारी, स्थानिय वडाका जन प्रतिनिधी, कालिका सामुदायिक पुुस्तकालयका पदाधिकारी, मधुवन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्र हमाल, मयुर यूवा क्लब बढैयाताल र जिल्ला फुटबल संघका खेलाडी लगाएतको उपस्थितिमा भएको औपचारीक समापन कार्यक्रमको संचालन हिक्मत सुनारले गर्नु भएको हो ।