fbpx

सिमाक्षेत्रमा आवधिक गृह मार्फत निगरानी बढाउदै माइती नेपाल

सिमाक्षेत्रमा आवधिक गृह मार्फत निगरानी बढाउदै माइती नेपाल


विष्णु प्रसाद अधिकारी, बर्दिया । बालबालिका तथा महिलाहरुको बेचविखन तथा ओसार पसार नेपालका लागि गम्भिर समस्याको रुपमा रहि आएको छ । अहिले पनि कैयौ बालबालिका तथा महिलाहरु गलत व्यक्तिको प्रलोभन तथा विश्वासमा परि भारत वा तेस्रो मुलुकहरुमा बेचविखन भई शारिरीक मानसिक एवं आर्थिक शोषणमा पर्ने गरेका छन् ।

यिनै समस्या समाधान गर्नका लागि माईती नेपालले पनि बर्दियाका विभिन्न भारतिय नाकाहरुमा ओसारपसार नियन्त्रणका लागि काम गर्दै आइरहेको छ । माईती नेपालले सन २०१६ देखि २०२२ सम्ममा माईती नेपालले जोखिम पूर्ण यात्रामा रही बर्दियाका सिमानाबाट उद्दार गरि आवधिक गृहमा १३ सय ६५ जनालाई पठाईएको जानकारी गराएको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि संचारकर्मीहरु सँग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपाल बर्दियाले तथ्याङ्क मार्फत जानकारी गराएको हो ।

माइती नेपाल बर्दियाले बढैयाताल गाउँपालिकाको नेपाल भारत सिमामा पर्ने बलैगाउँ, गुलरिया नगरपालिकाको सुरजपुर नाका र मधुवन नगरपालिकाको शक्तिपुर नाकामा सुचना तथा परामर्श केन्द्र राखी निगरानी बढाएको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले बताउनु भयो । महिला तथा बालबालिकालाई विभिन्न प्रलोभनमा पारि भारत तथा तेस्रो मुलुक लैजानका लागि बर्दियाको नाका बढि प्रयोग भैरहेको उहाँको भनाई छ । ७ बर्षको अन्तरालमा माइती नेपालले श्रम तथा यौन शोषणमा परेका २६ जनालाई उद्दार गरिएको छ । ९७ जना किशोरीहरुलाई सिप मुलक तालिम प्रदान गरिएको संयोजक रिमालले बताउनु भयो ।

मानव बेचविखन तथा ओसार पसार गर्नेलाई कानुनमा २० बर्ष कैद र २ लाख रुपैया जरिवानाको सजाय गर्ने कानुनी प्रावधान रहेको छ । बेश्यावृत्तिमा लगाउनेलाई १० बर्षदेखि १५ बर्ष सम्म कैद र ५० हजार देखि १ लाख सम्म जरिवाना हुने व्यवस्था छ । माइती नेपाल बर्दियाले हराएका मानिसको खोज तलासका लागि १ सय ८ वटा निवेदन मध्ये ११ जनाको खोज तलास गरि परिवारको जिम्मा लगाएको छ । सरकारी तथा गैरसरकारी संस्था, प्रहरी संगको सहकार्य गर्दै आवधिक गृह मार्फत सिमा निगरानी बढाएको छ । माइती नेपाल बर्दियाको आयोजना तथा तथा फ्रिअगर्लको सहयोगमा कार्यक्रम गरिएको हो ।

तपाइको मत