सूर्य उपाध्यायको ८४ पूजाको अवसरमा अक्षयकोष स्थापना
- बिहिबार पौष ७ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिका वडा नं. ४ दलै निवासी एक सहयोगी मन भएका व्यक्तिले आफ्नो ८४ पूजाको अवसरमा राजापुरमा रहेका मठमन्दिर र एक विद्यालयलाई अक्षयकोष स्थापना गरी मनाउनु भएको छ ।
राजापुर नगरपालिका ४ दलै निवासी सुर्य प्रसाद उपाध्पायले राजापुर नगरपालिका मार्फत अमर शहिद दशरथचन्द माध्यामिक विद्यालय, हथिया बाबा गणेश मन्दिर र कालिका मन्दिरमा अक्षयकोष स्थापना गरी ८४ पूजा गर्नु भएको छ । पूजामा ठुलो भोजभतेर गरि फाल्तु खर्च गर्नु भन्दा मठमन्दिर र विद्यालयमा गरेको सानो सहयोगले समाजमा सकारात्मक सन्देस गई समाज परिवर्तनमा टेवा पु¥याउने उद्देश्यका साथ ८४ पूजाको अवसरमा अक्षयकोष स्थापना गरेको ८४ पुरुष सूर्य प्रसाद उपाध्यायले बताउनु भएको छ ।
राजापुर ४ दलै निवासी उपाध्पाय २०२४ साल देखि २०५४ साल सम्म अमर शहिद दशरथचन्द माध्यामिक विद्यालयको व्यवस्थापन समितिको संस्थापक रहँदै राजापुरको विभिन्न क्षेत्रमा आर्थिक तथा सामाजिक सहयोग गर्दै आउनुभएको छ । एक कार्यक्रमको आयोजना गरि राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु मार्फत अमर शहिद दशरथचन्द माध्यामिक विद्यालय भित्र रहेको सरस्वती मन्दिर श्रीपन्चमीमा लाग्ने पुजा खर्चका लागि अक्षकोषका लागि १ लाख १ हजार १११ रुपैया र कालिका मन्दिर पुजा खर्चका लागि ५१ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गर्नु भएको हो ।
त्यस्तै हथिया बाबा गणेश मन्दिर पुजा खर्चका लागि १ लाख १ हजार १११ गरी जम्मा २ लाख ५३ हजार ३३३ रुपैया बराबरको अक्षकोषको रकम नगर प्रमुख दिपेश थारुलाई हस्तान्तरण गर्नु भएको छ । नगर प्रमुख थारुले सहयोग रकम ग्रहणगर्दै प्राप्त तत्काल अक्षकोषमा जम्मा गरि मठमन्दिर र विद्यालयहरुको माताहतमा रहने गरि काम अगाडी बढाउने बताउनु भएको छ । समाज परिवर्तनमा लागि यस्ता सहयोगि मनहरुको आवश्यक रहेको भन्दै राजापुर नगरपालिकाको तर्फबाट धन्यवाद सहित कदरपत्र प्रदान गर्नु भएको छ ।