fbpx

उपहार उद्यमी महिला सहकारीका उत्कृष्ट सदस्यहरुलाई सम्मान

उपहार उद्यमी महिला सहकारीका उत्कृष्ट सदस्यहरुलाई सम्मान


चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर ७ मा अवस्थित उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको १० औं साधारण सभाका अवसरमा विभिन्न विधागत उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको छ । गुलरिया नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष मनोजकुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन शत्रमा शेयर सदस्यहरुलाई सम्मान गरिएको हो ।

समारोहमा जेष्ठ नागरिक नन्दकली सुनार र सुघरा लोध सम्मानित हुनु भएको छ । बाल बचततर्फ उत्कृष्ट सदस्यहरु शोभा थारु, सुन्नी थारु, भगिनिया थारु, गुड्डी थारु, सिता थारु, मायाँ कुमारी थारु र पुन्सी थारु सम्मानित हुनु भएको संस्थाकी लेखा संयोजक संगिता थापाले जानकारी दिनुभएको छ । त्यस्तै जीवन सुरक्षा बचततर्फ ममता रावल, भुमीसरा सारुमगर बढी ब्याज तिर्नेतर्फ गौरी गुरुङ, तारा कुमारी घर्ती र ममता रावल तथा खुत्रुके बचततर्फ बिमला विक, लक्ष्मी मल्ल, ममता गुप्तालाई सम्मान गरिएको छ ।

उत्कृष्ट बचत समूहतर्फ मनकामना महिला समूह, जागरण महिला समूह र श्रृजना महिला समूह सम्मानित भएका छन् । नियमित सावा तिर्ने समूहतर्फ श्रृजना समूह र गंगानगर समूह सम्मानित भएका हुन् । सबैभन्दा बढी खसी उपलब्ध गराउने समूहतर्फ नमूना समूह गीता राना, चेली समूह लक्ष्मी खड्का र सहारा समूह मिना बोहोरा सम्मानित हुनु भएको छ । ऐच्छिक बचततर्फ बढी बचत गर्ने जागरण महिला समूह र नमूना महिला समूह सम्मानित भएको संयोजक थापाले जानकारी दिनु भयो ।

उपहार सामाजिक उद्यमी महिला सहकारीले विगत १० बर्षदेखि गुलरियामा महिला उद्यमीहरुलाई संगठितगर्दै कामगर्दै आईरहेको सहकारीकी अध्यक्ष गीता नेपालीले बताउनु भएको छ । आर्थिक बर्ष ०७८÷७९ सम्म सहकारीमा ५ सय २७ जना सदस्य आवद्ध छन् । त्यस्तै कुल शेयर २१ लाख ७६ हजार ६ सय रुपैया, निक्षेप ६१ लाख ९३ हजार ८०८ रुपैया र संस्थाले १ करोड ७ लाख ८५ हजार ५०१ रुपैया लगानी गरेको अध्यक्ष नेपालीले जानकारी दिनुभयो । सहकारीको कुल खर्च ५ लाख ८६ हजार १२० रुपैया र खुद मुनाफा ३ लाख ६३ हजार ३०८ रुपैया छ ।

सहकारीकी अध्यक्ष नेपालीको सभापतित्वमा भएको उद्घाटन शत्रमा प्रमुख अतिथी वडा अध्यक्ष यादवले सहकारीको प्रर्बद्धन गर्न पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । वडामा संचालित सहकारी संस्थाहरुको अनुगमनमा वडाले चाँसो दिने उहाँले वताउनु भयो । विशेष अतिथि वडा नम्वर ९ का वडा अध्यक्ष हरीप्रसाद पासीले सदस्यको बचत रकम कर्मचारीहरुले हिनामिना गर्न नहुने बताउनु भएको छ । सहकारीको प्रर्बद्धनमा वडाको पूर्ण सहयोग रहने उहाँको प्रतिवद्धता छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, नागरिक समाज सञ्जालकी संयोजक हिमा सुनार, सामाजिक विकास संस्थाका अध्यक्ष कालुराम विक, हेफर ईन्टरनेशनलका प्रतिनिधि शोकाकान्त पौडेलले शुभकामना मन्तब्यदिदै सदस्यहरुको बचत सुरक्षा गर्न सबैले चाँसो दिनुपर्ने बताउनु भएको छ । गुलरिया नगरपालिका कृषि शाखाका प्रतिनिधि, विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधि लगायत शेयर सदस्यहरुको सहभागीता रहेको उद्घाटन शत्र संगिता थापाले संचालन गर्नु भएको हो ।

तपाइको मत