अध्यादेश प्रमाणिकरणको मागगर्दै राजापुरमा र्याली र धर्ना
- सोमबार पौष ४ , २०७९
मिन अधिकारी, राजापुर । नेपाल सरकारद्वारा जारी गरिएको अध्यादेश प्रमाणिकरणको मागगर्दै बर्दियाको राजापुर स्थित ईलाका प्रशासन कार्यालय अगाडी शान्तिपुर्ण र्याली सहित धर्ना दिईएको छ । थारु कल्याणकारिणी सभा राजापुर र गेरुवा गाउँ कमिटिको आयोजनामा सोमबार सरकारलाई दबाब दिन राजापुरमा कार्यक्रम गरिएको हो ।
टिकापुर घटनाका राजबन्दी रिहा गर, थरुहट आन्दोलनकर्मी र नेपाल सरकारबिच भएको सहमति कार्यान्वन गर, आदिवासी जनजातीको माग पुरागर, झुठा मुद्दा खारेज गर, टिकापुर घटनालाई राजनितिकरण गर, देवानी फौजदारी संहिता कार्यविधि २०७४ अध्यादेश प्रमाणिकरण गर जस्ता नारा र्यालीमा लगाईएको हो । विभिन्न नारा लेखिएका प्लेकार्ड सहित राजापुर बजारमा शान्तिपुर्ण ¥याली सहित ईलाका प्रशासन कार्यालय अगाडी धर्ना दिएका थिए । थरुहट÷थारुवान संयुक्त संघर्ष समितिका टीकापुर घटनाका आरोपित रेशमलाल चौधरी लगायतका नेता कार्यकर्तालाई रिहाइको माग गरिएको छ । राष्ट्रपति समक्ष पेस गरिएको अध्यादेश छिटो भन्दा छिटो प्रमाणिकरण गरेर न्याय दिनु पर्ने थरुहट÷थारुवानका केन्द्रिय महामन्त्री मिनराज थारुले बताउनु भएको छ ।
धर्ना सभालाई समापन गर्दै सोझा साझा थारु माथी गरिएको अन्यायका विरुद्ध आफुहरु चुप लागेर नबस्नेभन्दै अध्यादेश प्रमाणिकरण गराउने आफुहरुको उद्देश्य रहेको कार्यक्रमका सभापति मोतिराम थारुले बताउनु भएको छ । सभामा प्रतिनिधि सभा सांसद लालविर थारु, लुम्बिनी प्रदेश सभा सांसद धर्मबहादुर थारु, थारुहट थरुवानका केन्द्रिय महामन्त्री मिनराज थारु लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।