को हुन् : जनमत पार्टीका समानुपातिक सांसद अब्दुल खान
- सोमबार पौष ४ , २०७९
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वार्ड नं–११ मा जन्मेका अब्दुल खान आमा असगरा वेगम, बुवा ईमाम खाँ को–४ सन्तान मध्ये कान्छो सन्तान हुनुहुन्छ । विक्रम सम्वत् २०४३ सालमा जन्मनु भएका उहाँ गरिब परिवार भएकोले मदर्शा शिक्षा हुँदै स्थानिय विद्यालयमा पठन पाठनगर्दै बर्दिया, कैलाली र काठमाडौंमा उच्च शिक्षा हासिल गर्नु भएको हो ।
काठमाडौं देखि मधेशको विभिन्न जिल्लाहरुमा डा. राउतको छायांको रुपमा मानिसहरुसंग भेटघाट, छलफल, मधेशको ईतिहासको परिचय सहित जागृत अभियानमा उहाँ लाग्नु भयो । एनजीओ तथा आईएनजीओको जागिर छोडेर खाँन राजनितिमा लाग्नुभयो । तमाम उतार, चडावको बावजुद डा. राउत र खांन मधेशमा दिन, रात ज्यानको प्रवाह नगरी धाईरहेको उहाँ सुनाउनु हुन्छ ।
वि. स. २०७९ सालमा डा. राउत द्वारा स्थापित स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय प्रवक्ताको जिम्मेवारी समाल्नु भएका खान विदेशमा स्वतन्त्र मधेशको चर्चा गर्ने ब्यक्तीका रुपमा अघि बढ्नुभयो । त्यस क्रममा पटक पटक गरी ५ पटक नेपाल सरकार द्वारा देश विप्लवको मुद्दा उहाँले झेल्नु भएको छ । प्रस्तुत छ चुरेकुञ्ज डटकमका प्रमुख संवाददाता मुरली गोडिया र खानसँग भएको संवादको अंश :
तपाई जनमत पार्टीमा कसरी जोडीनु भयो ?
विक्रम सम्बत २०६८ सालमा माननिय डाक्टर सि.के. राउतको प्रथम कार्यक्रम रुलअफदी एनजीओ, आईएनजीओ ईन डेभलपिंग मधेश भन्ने कार्यक्रममा म स्वयम् सेवकको रुपमा काम गर्न गए । उहाँसँग त्यही कार्यक्रममा भेटभयो अनि संगै कामगर्न थाले । त्यो काठमाडौंको अनामनगरमा प्रथम पटक राउतको २ दिने कार्यक्रम भएको थियो । त्यहा डा. राउतसंग सम्पर्कमा आई डा. राउतको ब्ल्याक बुद्ध भिडियो बाट अत्यधिक प्रभावित भएपछी निरन्तर रुपमा मधेश स्वतन्त्रताको पक्षमा उहाँसगै निरन्तर छु ।
तपाई समानुपातिक सांसद पनि हुनुहुन्छ, बर्दियाको बिकास कसरी गर्ने सोचमा हुनुहुन्छ ?
भ्रष्टाचारको अन्त्यगर्न शुन्य सहनसिलता कायम गर्छु । कामको ढिलासुस्तीको अन्त्य गरी जनतालाई राज्यको प्रत्याभूति गराउँछु । सामुदायिक समाजवाद लागुगर्न पहल गर्छु । गाँस, बास, कपास, शिक्षा, स्वास्थको ब्यवस्थागर्दै रोजगारीको सृजना गर्ने काममा अघि बढ्छु । यसका साथै किशानको समस्या समाधान तर्फ मेरो ध्यान केन्द्रित हुन्छ । यो लगायत पूर्वाधार निर्माणका काममा पनि म अघि बढ्छु ।
जनमत पार्टीलाई देश विखण्डनको आरोप छनी के भन्नुहुन्छ ?
जनमत पार्टी बिखण्डनकारी होईन । अब हामी जनताको सेवागर्न चौकिदारी गर्छौ । दर्जन भन्दा बडी सार्वजनिक अपराधको मुद्दा झेले, बर्दिया, बाकें, रुपन्देही, नवलपरासी, सिरहा, काठमाडौंको हिरासतमा महिनौ विताए । प्रहरीको पिटाईले कानका जाली समेत फोडियो । अनेकौ प्रलोभनमा पार्न कोसिस गरियो । घर, परिवार त्याग्न तयार भएर पार्टीमा लागियो । डा. राउतसँगको साथ छुटेन । निरन्तर संगठन निर्माणमा लागि परें । वि. स. २०७५ मा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन संग सम्झौता भयो ।
अन्त्यमा केही भन्नु छ ?
सरकारसँगको समझौता पछी झन संगठन निर्माण गर्ने अवसर मिल्यो । पुरै मधेश भरी संगठन निर्माणमा अहम भूमिका खेले पश्चात् वि. स. २०७७ सालमा पार्टीको महादिवेशन जनकपुरमा भयो । महाधिवेशनमा अत्याधिक मत प्राप्तगरि पार्टीको दोस्रो अर्थात प्रथम राष्ट्रिय उपाध्यक्ष बन्न सकें । मलाई दिएको जिम्मेवारीमा तपाईहरु साथदिनुस, म बर्दिया बासीहरुको समस्या समाधान गर्न हरसम्भव प्रयास गर्छु । कहिल्यै पछि हट्दैन । धन्यवाद ।