राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिभुवन नमुना मावि पहिलो
- सोमबार पौष ४ , २०७९
भिमा कंडेल, बर्दिया । ठाकुरबाबा नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी त्रिभुवन नमुना माध्यमिक विद्यालयले उचालेको छ । आइतबार सम्पन्न पाचौं नगरस्तरिय रनिङ शिल्ड प्रतियोगितामा त्रिभुवन नमुना माध्यमिक विद्यालयले ८ स्वर्ण, १२ रजत र ४ कास्य पदक प्राप्त गरी पहिलो स्थान हाँसिल गर्न सफल भएको छ ।
बर्दिया एजुकेशनल एकेडमी ७ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरी द्वितीय, चुरे माद्यामिक विद्यालय बगनाहाले ५ स्वर्ण, ४ रजत र ७ कास्य पदक प्राप्त गरी तृतीय र जगदम्बा माध्यमिक विद्यालय मढेलाले ४ स्वर्ण, ७ रजत र ४ कास्य पदक प्राप्त गरी चौथो स्थान प्राप्त गर्न सफल भएको जनाईएको छ । कार्यक्रममा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै पदक जित्ने ठाकुरबाबा नगरपालिकाका खेलाडी भाइ बहिनि तथा खेल प्रशिक्षकलाई नगद तथा प्रमाण पत्र सहित सम्मान समेत गरिएको छ ।
देश तथा विदेशमा खेलका माध्यमबाट ठाकुरबाबाको छवि उच्च राख्न खेलाडीहरुले मुख्य भुमिका खेलेकोमा धन्यवाद दिईएको छ । छोटो समयमा खेलकुद आयोजना गर्ने जिम्मेवारी लिएर सफलता पुर्वक खेल सम्पन्न गर्न अहोरात्र लागि पर्ने चुरे माध्यमिक विद्यालय, नगर खेलकुद विकास समिति, शिक्षा शाखा, सचिवालय सदस्यहरु, खेल प्राविधिकहरु लगाएत सम्पुर्णमा ठाकुरबाबा नगरपालिका सामाजिक विकास समितीका संयोजक तथा नगर खेलकुद विकास समितिका संयोजक टेक बहादुर बडुवाल सिजापतीले कृतज्ञता प्रकट गर्नु भएको छ ।