fbpx

कम्प्युटर एसोसिएसन बर्दियाको गेरुवा इन्टेकमा अन्तरक्रिया

कम्प्युटर एसोसिएसन बर्दियाको गेरुवा इन्टेकमा अन्तरक्रिया


केशव कोईराला, बर्दिया । कम्प्युटर एसोसिएसन (क्यान) बर्दियाको पदस्थापन तथा अन्तरक्रिया कार्यक्रम आइतबार गेरुवाको ओखरिया इन्टेकमा सम्पन्न भएको छ । क्यानका जिल्ला अध्यक्ष सुर्य केसीको अध्यक्षतामा पदस्थापन कार्यक्रम सम्पन्न गरिएको हो ।

पदस्थापन कार्यक्रममाबोल्दै अध्यक्ष केसीले २ बर्षको अवधीमा २ दर्जन बढी संचार बिधेयक पारित गर्नुका साथै प्रहरीसङ्गको सहकार्यमा बिद्यालयमा सामाजिक संजालको प्रयोग साइबर क्राइम सम्बन्धि सचेतना गरिएको बताउनु भयो । कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केशी, उपाध्यक्ष लक्ष्मि चौधरी, वडा नम्बर १ का अध्यक्ष कर्म प्रसाद चौधरी, वडा नं. ५ का अध्यक्ष धर्मप्रकाश चौधरी, वडा न ६ का अध्यक्ष कृष्ण गोपाल चौधरी क्यान बाँकेका अध्यक्ष शिशिर नारायण श्रेष्ठ लगायत क्यान बर्दियाका पदाधिकारीहरुको सहभागीता थियो ।

तपाइको मत