fbpx

अब्बलबन्दै गुलरियाको सुनौलो महिला बहुउद्देश्यीय सहकारी

अब्बलबन्दै गुलरियाको सुनौलो महिला बहुउद्देश्यीय सहकारी


मुरली गोडिया, गुलरिया । सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष ईन्दिरा सुबेदीको अध्यक्षतामा भएको उद्घाटन सत्र जिल्ला सहकारी संघ बर्दियाका उपाध्यक्ष नेत्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।

शुभकामना मन्तव्य दिंदै जिल्ला सहकारी संघ बर्दियाका उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी नेत्र प्रसाद सापकोटाले सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्टको उदाहरण बनेको बताउनु भयो । सहकारीकी अध्यक्ष ईन्दिरा सुबेदीले प्रस्तुत गरेको प्रतिवेदनमा विगतका १३ औं साधारण सभामा गरेका कार्यक्रमका प्रतिवेदनको आधारहरुको कार्यन्वयनको तह हेर्दा सहकारीको उल्लेख्य प्रगती देखिएको सापकोटाले बताउनु भयो । कार्यक्रमका विशेष अतिथि गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शुधासु प्रकास शर्माले महिलाहरुले संचालन गरेको सुनौलो सहकारी संस्था अब्बल बन्दै गैरहेको बताउँदै सहकारीसँग सहकार्यगर्दै वडाका महिलाहरुलाई आयआर्जनमा सहभागी गराउने कार्यक्रम वडाबाट अघि सारिने प्रष्ट्याउनु भयो ।

राष्ट्रिय सहकारी बैंक भुरीगाउँ शाखा प्रमुख किरण खत्री, श्री बंगलामुखी राधाकृष्ण थारु मा.वि.का प्रधानध्यापक मोतिराम शर्मा, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, रातो तारा कृषि सहकारी संस्थाका अध्यक्ष मेघराज सिग्देल, दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष जित कुमारी योगी लगाएतले संस्थाका सफलताको शुभकामना दिनु भएको थियो । सहकारीले शेयर सदस्य संख्या बृद्धि गरी १ हजार १ सय १५ पुर्याएको, सेयर पुँजी ३८ लाख १५ हजार २ सय रुपैया बृद्धि गरेको र बचत निक्षेप २२ प्रतिशतले बृद्धि गरेको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यक्रममा सहभागी सम्पुर्ण महानुभावहरुलाई सहकारीका उपाध्यक्ष सविता शर्माले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाको निती तथा कार्यक्रम अनुसार आ.वा. ०७८/७९ मा उत्कृष्ट ३ जना सदस्यलाई प्रोत्साहन तथा सम्मान प्रदान गरिएको छ जसमा शेयर सदस्यहरु खिदारानी थारु, सकुन्तला मुराउ र बुद्धिसरा सम्सेली थापा मगर रहनु भएको छ । सहकारीमा आवद्ध सदस्य गुलरिया नगरपालिकाको कार्यपालिका सदस्य पदमा पुग्न सफल भएकोमा गुलरिया नगरपालिका वडा नम्वर ७ की वडा सदस्य निर्मला मैनालीलाई प्रमाणपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको छ । त्यस्तै बाल बचतकर्ताहरुलाई पनि पुरस्कारले सम्मानित गरिएको छ । कार्यक्रम सहकारीकी सचिव खुमा पोख्रेलले गर्नु भएको हो ।

तपाइको मत