fbpx

बालअधिकार रक्षा गर्न बढैयातालमा तिन दिने तालिम

बालअधिकार रक्षा गर्न बढैयातालमा तिन दिने तालिम


दलबहादुर सुनार, बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिकामा बालअधिकार संरक्षण सम्बन्धी तालिम संचालन गरिएको छ । पालिका स्तरिय बाल अधिकार समितिलाई बाल संरक्षण नीति, कानुनी प्राबधान र घटना ब्यबस्थापन सम्बन्धि क्षमता बिकास गर्ने उद्देश्यले तिन दिने तालिमको आयोजना गरिएको हो ।
प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा बाँके यूनेस्को क्लबले बाल बिवाह, चाडैहुने बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत शुक्रवार देखि आईतवार सम्म तालिम सञ्चालन गरेको क्लवले जनाएको छ । बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीकोे अध्यक्षतामा बाँसगढी नगर पालिकाकी उप प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि ईन्दिरा चौधरीद्वारा ब्यानर बाचन गरी कार्यक्रम समुद्घाटन गर्नु भएको हो । तालिममा प्रशिक्षक जगदिश सिङले सहजिकरण गर्नु भएको छ ।
आयोजक संस्था बाँके यूनेस्को क्लबका उप निर्देशक महेश नेपालीले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै बिश्वका धेरै देशले बाल अधिकार समितिलाई कार्यान्वयनमा ल्याएको स्मरण गराउनु भयो । यदी बाल बालिकाको क्षेत्रमा विकास गर्न नसके देशको पनि बिकास हुन नसक्ने उहाँको भनाई छ । नेपाल बाल अधिकार सम्बन्धि महासन्धीको पक्षराष्ट्र भएको बताउदै राज्यका संयन्त्रलाई बाल अधिकार सम्बन्धमा जिम्मेवार बनाउनु पर्नेमा उहाँको जोड छ । स्थानिय बाल अधिकार समितिको क्षमता बिकास गर्ने उद्देश्यले तालिमको आयोजना गरेको उहाँले प्रष्ट्याउनु भयो ।
तालिममा बाँसगढी नगर पालिका र बढैयाताल गाउँ पालिकाका बाल अधिकार समितिका सदस्य, दुबै पालिकाका महिला शाखा, स्वास्थ्य शाखा र शिक्षा शाखाका प्रतिनिधी, इलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक सन्तोष चन्द, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायव निरिक्षक बेद बहादुर भण्डारी, जन प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी पत्रकार लगाएतको सहभागितामा कार्यक्रम गरिएको क्लबकी फिल्ड अधिकृत लक्ष्मी चौधरीले जानकारी दिनुभयो ।

तपाइको मत