बाँसगढीमा सविन पौडेलको ‘यात्री’ फिल्मको टेलर सार्वजनिक
- शुक्रबार पौष १ , २०७९
विन्दु चौधरी, बाँसगढी । नेपाली कथानक चलचित्र ‘यात्री’ फिल्मको टेलर सार्वजनिक गरिएको छ । बर्दिया बासँगढी नगरपालिका वडा नम्वर ८ जुरैनाका सविन पौडेलको लेखन तथा निर्देशनमा निर्मित बजारमा आउने तयारीमा रहेको ‘यात्री’ फिल्मको टेलर सार्वजनिक गरिएको छ ।
कोहलपुर कला केन्द्रको प्रस्तुतीमा समाजमा रहेका शिक्षित युवाहरुको सकारात्मक सोच निर्माण गरि फरक खोजी गर्ने युवाको कथामा आधारित फिल्मको टेलर एसके मिडिया अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । एउटा शिक्षित यूवाको जिन्दगी हाम्रो समाजमा कसरी चलिरहेको छ लगायतका कथाब्यथा समेटिएर फिल्म निर्माण गरिएको निर्देशक पौडेलले बताउनुभयो ।
सञ्चित ओली निर्माता रहेको फिल्मको भिडियो छायाँकन तथा सम्पादन कुन्दन चन्दले गर्नु भएको छ । चलचित्रमा विष्णु विक, कुन्दन चन्द, अस्मिता हमाल र पवित्रा सुनारको मुख्य भूमिका रहेको जनाईएको छ । चलचित्रको छायाँकन बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा गरिएको हो । चलचित्र ‘यात्री’ को माघ १ गतेबाट च्यारिटी सो शुरु गरिने जनाईएको छ ।