मेरो माईक्रोफाईनान्सको बित्तीय साक्षरता अभिबृद्धि कार्यक्रम
- बिहिबार मङ्सिर २९ , २०७९
केशव कोइराला, बर्दिया । मेरो माइक्रोफाइनान्स लघुबित्त वित्तीय सँस्था लिमिटेडले बुधबार राजापुरमा बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता अभिबृद्धि कार्यक्रम गरेको छ । केन्द्र प्रमुखहरुका समस्या, गुनासो र आगामी रणनीति तयगर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका सहभागीहरुले अन्य सँस्थाहरु आर्थिक संकलनगर्दै ठाउँ छोडेर जाने गरेको तर्फ सचेतपार्दै मेरोले बिश्वास दिलाउने आधार तय गर्न सुझाएका छन् । सहभागीले अन्य सँस्थाहरुको भन्दा बार्षिक ब्याजदर कम गर्नुपर्ने, शिपमुलक तालिम, भ्रमणको ब्यबस्था गर्नु पर्ने माग राखे । कार्यक्रममा बोल्दै अनुगमन कार्यालय बाँकेका अनुगमन अधिकृत तर्क बहादुर रावलले कर्जा सदुपयोगिता, केन्द्र गुणस्तर, कर्जा दुरुपयोग बाट पर्न सक्ने असहजता, आगामी दिनमा केन्द्र गुणस्तर कायम गर्न प्रमुखहरुलाइ सुझाब दिनु भयको थियो ।
कार्यक्रममा बोल्दै मेरोमाइक्रोफाइनान्स केन्द्रिय कार्यलय नुवाकोटका जनशक्ति तथा प्रशासन बिभागका अधिकृत रामकुमार सुबेदीले सदस्यहरुबाट प्राप्त गुनासो तथा सुझाबलाई सम्बोधन गर्नु हुँदै संस्थाको समग्र अवस्था र भावी कार्यक्रमको बारेमा जानकारी गराउनु भयको हो । कार्यक्रममा असुली कार्यालय बाकेका अधिकृत जयन्त भण्डारी, मेरो माइक्रोफाइनान्स गेरुवा तथा राजापुरका केन्द्र प्रमुखहरु सहभागी थिए । कार्यक्रमको अध्यक्षता मेरो माइक्रोफाइनान्स राजापुरका प्रमुख हेमराज अवस्थीले गर्नु भएको थियो ।