fbpx

स्थानियतहका एकिकृत शैक्षिक सुचना प्रणाली नमुना बनाईने

स्थानियतहका एकिकृत शैक्षिक सुचना प्रणाली नमुना बनाईने


चुरेकुञ्ज, गुलरिया । एकिकृत शैक्षिक सुचना ब्यबस्थापन प्रणालि सम्बन्धी २ दिने कार्यशाला गुलरियामा सम्पन्न गरिएको छ । शनिवार र आईतवार संचालन भएको तालिममा बर्दिया जिल्लाका ८ वटै स्थानिय तहका शिक्षायुवा तथा खेलकुद शाखाका प्रमुख, शाखामा ईएमआईएस संचालन गर्ने प्रास, प्रधानाध्यापक, शिक्षक र शिक्षा समन्वय इकाइ गरि करिब २० जनाको सहभागीता रहेको छ ।

कार्यशालमामा ईएमआईएसका जन्मदाता को रुपमा परिचित बिज्ञ संम्बेदन कोइराला, पुर्व उपसचिब शंकर बहादुर थापाले सहजिरण गर्नुभएको थियो । कार्यशालमा इ.एम.आइ.एसको आधारभुत अबधारण, बिद्यालयको लेखा प्रणालि पद्दती, यसको रोलआउट तथा परिचय, बिद्यालय स्तरको ईआईएमएसको मुल्याकंन तथा थप सुधारका लागी गरिने प्रकृया, पालीका स्तरमा निर्माण हुने योजना, बिद्यालय सुधार योजना, स्थानीय तहको कक्षा ८ र अन्य परीक्षा, आईईएमआईएस वेभ पोर्टल बारे कार्यशालामा छलफल गरिएको थियो ।

काईक्रमको उद्घाटन शिक्षा बिकास तथा समन्वय इकाइ बर्दियाका निमित्त इकाइ प्रमुख महेदत्त देवकोटाले गर्नुभएको थियो । प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले जिल्ला तहमा शिक्षाबिकास समन्वयसंग समन्वयकारी भुमिका निर्वाह गरि परियोजना मार्फत स्थानिय तहका सामुदायिक बिद्यालयमा बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागी महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ । सोहि सन्दर्भमा बर्दिया जिल्लाको शैक्षिक गुणस्तर बृद्धि भएको छ छैन बिद्यालयमा बालबालीकाहरुको सिकाइ उपलब्धी कुन अबस्थामा छ भनी हेर्ने मुख्य आधार भनेको ईएमआई प्रणाली भएकाले यसको प्रभावकारीताका लागी कार्यशाला संचालन गरिएको हो ।

अबका दिनमा गुणस्तिरिय तथा सम्पुर्ण तथ्यांकहरु पुर्णरुपमा चुस्त दुरुस्तका साथ समयमा अद्यावधिक भइ आउने अपेक्षा गरेको संस्थाले जनाएको छ । उद्घाटन सत्रमा संस्थाका अध्यक्ष शिवलाल पाण्डेले परियोजना मार्फत सस्थाले पुर्व प्राथामिक तहको शैक्षिक गुणस्तर बृद्धिका लागी पालीका संगको समन्वय बिगत ४ बर्षदेखि सिकाइ परियोजना मार्फतगर्दै आईरहेको बताउनु भयो ।

कार्यशाला उपलब्धी मुलक हुने अपेक्षागर्दै अबसर जुटाउने प्लान इन्टरनेशनल नेपाल, शिक्षा बिकास समन्वय इकाइ बर्दिया लाइ उहाँले बिषेश धन्यबाद दिनु भयो । आईतबार समापन भएको कार्यशालामा सहभागी स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखाका प्रतिनिधिहरुले बिद्यालय स्तरको इ.एम.आइ.एस नमुना बनाउने प्रतिबद्धता गरेको स्याक नेपाल बर्दिया शाखाका परियोजना फोकल ब्यक्ती कैलाश श्रेष्ठले बताउनु भएको छ ।

तपाइको मत